संसदिय ब्याबस्था र त्यसले निम्त्याएका बिकृतिहरु:टंक आग्री

टंक आग्री

,काठमाण्डौ । नेपालको राजनितिक इतिहासमा थुप्रै घटना,परिघटना र जनआन्दोलनहरु भए। चाहे त्यो पच्याती ब्याबस्थाका विरुद्ध होस,चाह्य त्यो निरङ्कुश राणाशासनका विरुद्ध होस,चाह्य त्यो २४० बर्षसम्म जरागाडी बसेको राजतन्त्रका विरुद्ध होस। नेपाली जनताले गरेका विभिन्नखाले संघर्ष र बलिदानिबाट थुप्रै शासनसत्ता र प्रणालीमा त परिबर्तन भयो तर शासकको चिन्तन,स्वभाब र ब्याबहारमा परिबर्तन हुन सकेन।फल स्वरु नेपाली जनताका तमाम समस्याहरु जिउका तिउ रहे।पछिल्लो समयमा महत्वपूर्ण र रोचक मानिएको महान दशबर्षको कहालीलाग्दो जनयुद्ध ,त्यसपछिका विभिन्न जातीय,भौगोलिक,धार्मिक र उत्पीडनमा परेका आमसमुदायका आन्दोलनहरु बाटप्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र पनि चोखो रहन सकेन।
संविधान सभाको निर्वाचन,संविधानबाट नै सम्पुर्ण नेपाली जनताका हकअधिकार सुरक्षित गर्ने ग्यारेन्टी गरिए पनि जनताको चाहाना र भावना अनुसारको संविधान निर्माण हुन सकेन । केहि यथास्थितिबादी राजनितिक दलहरुका कारण बहुसंख्यक नेपाली जनताको माग रहेको प्रत्येक्ष निर्वाचित कार्यकारी ब्याबस्था स्थापित हुन सकेन । समग्रमा भन्नुपर्दा यो संसदिय ब्याबस्थामा मुलुक भ्रष्टशासकहरुको अखाडा नै भयो भन्दा फरक नपर्ला । केहि तथ्य घटनामा आधारित बिक्रिति,बिसङ्गतिहरुलाइ बुदागत रुपमा उल्लेख गरिएको छ-:

१.जनप्रतिनिधिहरुले राजनीतिलाइ ब्याबसायीक/ ब्यापारिक पेसा बनाउदै जागीरे भए ।
२. चुनावमा टिकटको लागी कमिसनको बार्गेनिङ गर्ने खेल भयो ।
३.चुनाव जित्न पैसाको खोलो बगाइयो र जनतालाइ विभिन्न प्रलोभनमा पारी मत खरिद गरियो ।
४.चुनाव जित्न लागेको ऋण तिर्न भ्रष्टाचार गर्नु पर्यो
५.बिकास निर्माणका योजनाका बजेटबाट …% कमिसन खाने चलन भयो ।
६.स्थानिय देखी केन्द्र सम्मका जनप्रतिनिधि भ्रष्टाचारि र कमिसनखोरि भए र यो रोग निजामती लगायत अन्य सेवाहरुमा सर्यो ।
७.कानुन पालना गराउने ब्याक्तिहरुनै संविधान र कानुनभन्दा माथी भए,भ्रष्टहरुका संग्रक्षक बन्दै नियम कानुनको धज्जी उडाए ।
८. जातिय,बर्गिय,क्षेत्रीय,लिङ्गीय उत्पीडन र बिभेद मौलायो ।
९.स्वतन्त्र सम्बैधानिक निकायहरु दलाल र भ्रष्टहरु बाट संचालित हुदै भ्रष्टाचारिका अखाडा भए।
१०.मुलुकको अबिभाबक प्रधानमन्त्री रोगले थला पर्दै प्रभावकारि भुमिका निर्बाह गर्न नसक्दा,उल्टो आफै अनैतिक गतिविधिमा मुछिदा देश राजनितिक अस्थिरतातिर धकेलियो, यो अवस्थाको फाइदा उठाउदै देशी ,बिदेशी तत्वहरुको चलखेल हुनथाल्यो ।
११.अमेरिकी साम्राज्यवाद र भारतिय बिस्तारबादी शक्तिहरुले देशको सार्बभौमसत्ता र भौगोलिक अखण्डतामा ठाडाे हस्तक्षेप गर्न थाले।
१२. शोसक,सामन्ती,दलान,नोकरशाही पुजिपतीबर्गको हालीमुहाली भयो र गरिब,किसान,मज्दुरबर्गको जिवनको महत्व कौडिको भाउ भयो ।
१३.जनप्रतिनिधिहरु आवश्यकता भन्दा बढी सुबिधाभोगी भए र खर्चको सिमा असिमित हुदै मुलुकको अर्थतन्त्र धरासायी भयो। आदि इत्यादि (बाकी छुटेका कुराहरु थप्न अनुरोध गर्दै…)

  • त्यसैले कोरोना भाइरसको नियन्त्रण पश्च्यात अथवा लकडाउन पश्च्यात यो असफलतातिर लागेको संसदीय ब्यबस्थालाइ रुपान्तरण गर्दै र देशलाइ ठुलो दुर्घटनाबाट जोगाउन प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय/ प्रधानमन्त्रीय प्रणालीको ब्याबस्था कायम(गठन)गराउन,
    प्रभावकारी संबैधानिक नियम,कानुन निर्माण गराउन ,
    देश र जनताको उज्वल भबिस्यको सुनिश्चित गराउन,
    संविधान सङ्सोधनका लागी दबाब सिर्जना गराउन,
    सम्पुर्ण जनसमुदायको राज्यसत्तामा अपनत्व कायम गराउन,
    फेरि एकपटक देशको आमुल परिबर्तनका लागी सडकसंघर्ष हुने सम्भावना प्रबल बन्दै गइरहेको छ।
    टंक आग्री
    खप्तड छान्ना गाउँ पालिका-५ बझाङ्ग
    हाल -कृतिपुर काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial