सिमा बिबाद समस्या अन्तरराष्ट्रिय अदालत लैजानु पर्छ : झम गुरुङ्ग

न्युज ब्यूरो/काठमाडौं : राष्ट्रिय जनमुक्ती पार्टीका प्रदेश ५ का अध्यक्ष झम बहादुर गुरुङ्गले कोरोना भाइरस (कोभिड्-१९) ले विश्व हायलकायल भएको यो विपत्तीको बेला मौका छोपी भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरी उद्घाट्न समेत गर्नु नेपाली सार्वभौमसत्तामाथिको ठाडो हस्तक्षेप हो । भारतले सिमा क्षेत्रमा एकपक्षीय ढङ्गले गरेको ठाडो हस्तक्षेप प्रति सरकार बेखबर रहनु राष्ट्रिय लज्जा र घोर निन्दाको विषय भएको बताए ।

दुइतिहाइको बलियो सरकारले लम्पसारबादीको चरितार्थ गरेको छ । यस्तो गम्भिर बिषयमा पररास्ट्र मन्त्रालयले जरी गरेको बेवारीसे प्रेस नोट्ले नै जनाउदछ कि एउटा स्वतन्त्र मुलुकले जारी गर्ने प्रेस बक्तब्य हबिगत । नेपाली स्वाभिमान झुक्ने गरी जारी गरिएको बेवारीसे प्रेस बक्तब्य संग जोडीएको पररास्ट्र मन्त्रीले तत्काल पद च्युत गरी बर्खास्त गरी जनताको अगाडि माफि माग्नु पर्छ । पटक पटक नेपाल र नेपाली को स्वाभिमान झुक्ने गरी पररास्ट्रले जारी गरेको प्रेस बक्तब्य आम स्वाभिमानी जनतालाई पाच्य हुन सक्दैन, तसर्थ नैतीकताको सबक सिखाउन पनि परास्ट्र मन्त्री र तिनका सचिबलाई तत्काल पद च्युत गरी बर्खास्त गर्नु पर्दछ गुरुङ्गले बताएका छन ।

उनले सिमा समस्या सम्बन्धमा दीर्घकालिन समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरबाट नेपाली जनता, राजनीतिक दलहरुका साथै पार्टी सिमाविदहरु संग बसेर समस्याको समाधान निकाल्न सरकारले अबिलम्ब प्रकृया अगाडि बढानु पर्ने बताए । राष्ट्रिय स्वाधिनाटकओ निम्त्ती राष्ट्रिय जनमुक्ती पार्टीले उठाउदै माग र पार्टीले जारी गरेको प्रेस बकत्बय गम्भिर रुपमा लियोस जनमुक्ति सदैब राष्ट्र राष्ट्रियता पक्ष उभिदै आएको पनि बताए ।

यो घटनाले सम्पूर्ण नेपालीलाई आक्रोशित र मर्माहत तुल्याएको छ । यस्तो परिस्थितीमा सरकारले उचित कदम अघी बढाओस अन्यथा राष्ट्रिय जनमुक्ति पार्टीले सडक बाटै यो मुद्धालाई उठाइ अन्तरराष्ट्रिय अदालतमा लैजाने छ गुरुङ्गले सरकारलाई झकझकाउदै चेतावनी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial