
न्युज ब्यूरो,कमल गाउपालीका/भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरी गत शुक्रबार उद्घाटन गरेपछि त्यसको विरोधमा नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध र्याली प्रदर्शन गरेको छ ।
भारतले नेपाली भूमि लिपुलेक–कालापानी–लिम्पियाधुरामा एक पक्षीय रुपमा बाटो बनाई मानसरोबर मार्ग खोलेको विरुद्धमा लकडाउनका बाबजुद भूमि फिर्ता गर्नुपर्ने मागसहित र्याली निकालेका हुन् ।
कमल गाउँपालिका स्थित मंगलबारे चोकबाट निस्केको र्याली पाडाजुंगी – केरखा – क्याम्पा- सरुंगपाडा- बासबारी – रत्तनचौन -देवीचौंन हुदै गेउरियामा पुगेर समापन भएको थियो ।

विरोध र्यालीमा भारतीय विस्तारवाद लिपुलेक छोड्, यस्ता छिमेकी चाहिदैन -सिमा मिच्न पाइदैन, मोदी मुर्दावाद, नेविसंघ जिन्दावाद आदि नारा लगाइएको थियो ।
र्याली पछिको समापन कार्यक्रममा बोल्दै नेता महेन्द्र भट्टराईले बारम्बार नेपालको भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय विस्तारवादको नीति र लिपुलेकको सडक निर्माण रोकेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको बताए ।
राष्ट्रवादी चरित्र बोकेर चुनाव जितेका केपी ओलीले अहिले भारतसामु घुडा टेकेको आरोप लगाए ।यस्तै नेविसंघका गौरादह नगर सभापति बाबुराम नेपालले सरकारलाई भारतसंग डर लागेको हो भने सम्पूर्ण विद्यार्थी कलम बोक्न छोडेर खुकुरी बोकी सीमामा बस्न तयार रहेको बताए ।
सरकारले यो समस्यालाई कूटनीतिक पहलबाट मात्र समाधान गर्न नसक्ने भन्दै तत्काल यसलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालत जानुपर्ने उनले बताए ।
विरोध र्यालीमा महेन्द्र भट्टराई, बाबुराम नेपाल, दमक क्याम्पसका नेविसंघ सचिव विशाल सिटौला र योग बहादुर खड्का, नेविसंघ कमल गापा उपसभापति आसिस लेचाबो, सचिव निशान्त रिमाल, सबिन घिमिरे, सुजन प्रधान, समिर अधिकारी लगायत दुई दजर्न नेविसंघका कार्यकर्ताको उपस्थिति रहेको थियो ।
विरोध र्यालीको नेतृत्व महेन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रम संचालन नेविसंघका गौरादह नगर सभापति बाबुराम नेपालले गरेका थिए ।