जनताको दु:ख सुखमा हातेमालो गर्दै राष्ट्रिय जनमुक्ति पार्टी

न्युज ब्यूरो,कान्चनगाउपालिका, रुपन्देही । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड्-१९ को कारण लकडाउनको मारमा परि जनजिविका चलाउन कठिन परिस्थिति सृजना भएका हुँदा अती विपन्न परिवारलाई केही राहत पुगोस भन्ने हेतुले राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट नगद रु.१५,०००/- र डा. महाबिर पुनद्वारा निर्मित पी. पी. ई. सेट ३ थान साथै भाइजर १ थान समेत आज २०७७ बैसाख २८ गतेका दिन कञ्चन-४ थकालीचोक स्थित रुद्रपुर स्वास्थ्य चौकीको प्राङ्गणमा रुपन्देही जिल्ला कञ्चन गाउँपालिका अध्यक्ष श्री गोकर्ण बहादुर क्षेत्रीज्युलाई हस्तान्तरण गरेको छ ।

राष्ट्रिय जनमुक्ती पार्टीले नेपाली जनता माथि परेको आपतबिपत चाहे त्यो भूकम्पको बेला होस वा बाढीपहिरोको बेला होस राष्ट्रिय जनमुक्ति पार्टीले यथाशक्य पीडितहरुलाई तत्पर्ताकोसाथ सदैव आफूले सकेको सहयोग गर्दै आएकोछ । यो कोरोना भाईरसको कारणले उत्पन्न समस्यालाई केही हद सम्म भए पनि सहयोग हस्तान्तरण गरेको छ । सो कार्यक्रमको अवसरमा राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य भैरव थापा मगर, ५ नं. प्रदेश ( लुथम) समितिका सदस्य रुम बहादुर फौंजा, रुपन्देही जिल्ला सदस्य उम बहादुर थपा, रुपन्देही नि. क्षे. नं.५ का क्षेत्रीय अध्यक्ष दुर्गा बहादुर थापा, कञ्चन गाउँसमितिका का. वा. अध्यक्ष मोहन रोका, कञ्चन गाउँकार्यपालिका सदस्य गोपाल बिक, इलाका प्रहरी कार्यालय थकालीचोकका इन्चार्ज इन्द्र प्रसाद चौधरी, रुद्रपुर स्वास्थ्य चौकी इन्चार्ज बिमला पाण्डे लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

मुलुक भरी (कोविड्-१९) बाट सक्रमित संख्या-१०९ जना पुगी सकेको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ ‘आफु पनि बचौ र अरुलाई पनि बचाउ’ सरकारले जारी गरेको लकडाउनको नियम पूर्ण रुपमा सबैले पालना गरौ संघीय परिषद सदस्य भैरव थापा मगरले बताए । साथै मुलुकमा कोरोना (कोभिड्-१९) को संक्रमित संख्या बढ्दै जादा थप सचेत हुनु पर्ने ५ नं. प्रदेश ( लुथम) समितिका सदस्य रुम बहादुर फौंजाले सुझाएका छन । यस्तो महामारीमा आम सर्वसाधारणहरु कोरोना भाईरस बाट बच्न् बेला बेलामा साबुन पानीले हात मिचिमिची धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग छोप्ने, आँखा, नाक र मुखमा हात नलगाउने जस्ता आदी सुझाब क्षेत्रीय अध्यक्ष दुर्गा बहादुर थापामगरले दिएका छन । जारी लकडाउनको सबैले पालना गरौ । सबै जना घारमै बसौ, सुरुक्षित रहौ । सम्पूर्णमा सजग र सचेत रहन कञ्चन गाउँसमितिका का. वा. अध्यक्ष मोहन रोकाले महत्वपूर्ण सुझाब दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial