सिमाना अतिक्रमण बारे चालू सदन मै बहस गर्न जनमुक्तिको माग।

न्युज ब्यूरो,काठमाण्डौ/राष्ट्रिय जनमुक्ति पार्टीले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको ३७२ वर्ग किमी भूमि भारतले अतिक्रमण गरेको विषयमा चालु संसदको अधिवेशनमा गम्भीरताका साथ छलफल गरी उपयुक्त निकासका लागि सरकारसंग माग गरेको छ । भारत सरकारले लिपुलेक क्षेत्रमा एक

पक्षीय ढङ्गबाट सडक निर्माण गरी हिजो मिति २०७७ बैशाख २६ गते (मे ८, २०२०) मा यातायात सुचारु गर्न खोजेको घट्नालाई नेपाली सार्वसत्तामाथिको ठाडो हस्तक्षेप र चूनौति भएको पार्टीले ठहर गरेको छ । आज बैशाख २७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले सिमा क्षेत्रमा एकपक्षीय ढङ्गले गरेको ठाडो हस्तक्षेप प्रति सरकार बेखबर रहनु राष्ट्रिय लज्जा र घोर निन्दाको विषय भएको बताएको छ । सिमा समस्या सम्बन्धमा दीर्घकालिन समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरबाट नेपाली जनता, राजनीतिक दलहरुका साथै पार्टी सिमाविदहरुले जोडदार माग गरेको महासचिव केशव सूर्यवंशीद्वारा जारी प्रेष विज्ञप्तिमा बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial