प्रदेश १ जसपा (राजपा ) युवा अध्यक्षले ग्रामीण क्षेत्रमा PPE सहयोग

न्युज ब्यूरो,केर्खा/विश्व ब्यापी रूपमा फैलिएको कोरोना भाइरस (काेभिड१९)काे संक्रमणले आम मानवमा संत्रास बढि रहदा नेपाल पनि यसको प्रभावले जोखिम अवस्था भईरहदा नेपाल सरकारले लकडाउन घोषित गरी सकेको ४४ दिन पछि अझ थप जेष्ठ १० गते सम्म लकडाउन थपिएको हुनाले नेपाल सरकारले दैनिक ज्याला मजदूरी गर्ने आम नेपाली बासीहरुमा खाद्यान्य राहत प्रदेश , स्थानीय सरकारले आवन गरी खाद्यान्न वितरण पनि गरी रहेको छ । विश्वको कोरोना बाट संक्रमण कोरोना भाईरसको उच्च जोखिममा अहिले पनि कायमनै छ । आज बिश्वमा ३६ लाख ६३ हजार ९ सय ६८ भन्दाबढी मानिसहरु यसको संक्रमणबाट प्रभावित भएको अवस्था र २ लाख ५२ हजार ७ सय ५८ मानिसले यसै संक्रमणका कारण जीवन गुमाउन पुगेका छन । नेपाल सरकारले लकडाउनमा (कोभीङ १९ ) कोरोना भाइरसबाट बच्नको लागि ७ वटै प्रदेश स्थानीय तहहरु सम्म कोरेन्टाईसको व्यवस्था टेस्ट जाच RDT /PCR स्वाब परीक्षण व्यवस्था भएता पनि देशको केहि ग्रामीण तथा दुर्गम ठाऊँ क्षेत्रहरुमा अझै पनि जोखिम तथा असुरक्षित देखिएको हुनाले PPE केहि थान राजपा हाल (जनता समाजवादी पार्टी ) प्रदेश १ का युवा अध्यक्ष रोसन लिम्बूले ग्रामीण दुर्गमक्षेत्रमा रहेका स्वास्थ्य कर्मीहरुको लागि सहज र सुरक्षित साथ सेवा पुराउन सहयोगको उद्देश्यले वितरण गरिएको लिम्बूले बताउनु भयो ।

देशमा माहामारी फैलिरहेकाे याे त्राश परिस्थितिमा मिडिया,पत्रकारकाे अहम भुमिका रहेकाे भन्दै मिडिया कर्मि पत्रकारहरूलाई स -धन्यबाद दिदै ,सतासी खबर पत्रिका सम्बादाता तथा BRS channel का प्राे : बसन्त राज सुब्बा र प्रगतिशिल बहस online का प्रो: अबिन मेन्याङ्गबाे लाई १/१ सेट PPE हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial