झापा गाउँ पालीकामा गोलि चल्यो।

न्युज ब्यूरो/झापा गाँउपालिका-४ सुकुम्बासी बस्ती अन्तरगत पर्ने नेपाल भारत सिमामा गाेली चलेकाे छ । भारतबाट नेपाल तर्फ छिर्न खाेज्ने दुई जना भारतीय नागरिकलाई सिमामा खटिएका नेपाल प्रहरीकाे टाेलीले सम्झाई बुझाई फिर्ता पठाएकाे थियाे ।

अाफुलाई फिर्ता पठाएपछि अाक्राेशित बनेका उनीहरूले अन्दाजी दुई तीन सय जना भारतीय नागरिक घरेलु हातहतियार सहित नेपाल प्रबेश गर्ने प्रयास गरेका थिए । नेपाल प्रबेशकाे क्रममा सशस्त्र प्रहरी बलकाे अस्थाई पाेष्टमा अाक्रमणकाे प्रयास गरेपछि प्रतिरक्षाका लागि दुई राउण्ड हवाई फायर गरिएकाे हाे ।

घटनामा कुनै किसिमकाे धनजनकाे क्षति भएकाे छैन । सशस्त्र प्रहरीले  फायर खाेलेपछि उनीहरू भारत तर्फ भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial