नेबिसंघ दमक बहुमुखी क्याम्पसका नेतृत्वमा राई।

समाचार डेस्क,दमक /नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पस इकाई सभापतिको जिम्मा जिल्ला सदस्य अतित राईलाई प्रदान गरिएको छ ।

निवर्तमान सभापति द्रोण दाहालले क्याम्पसको पढाई सकेको र पर्याप्त समय दिन नसकेकाले राईलाई कार्यबाहक सभापतिको जिम्मा दिइएको नेबिसंघ झापाका कोषाध्यक्ष नवराज ढकालले जानकारी दिए । साथै नेविसंघलाई आजका दिन सम्म मार्गदर्शन गरेकामा दाहाललाई धन्यवाद ज्ञापन गर्दै राईलाई काबा सभापतिको जिम्मा दिइएको हो ।

राई नेबिसंघ झापा जिल्ला सदस्य पनि हुन् । नेबिसंघका हरेक कार्यक्रम र जिम्मेवारी निभाएका राईको नेत्रित्व सफल बन्ने अपेक्षा लिइएको छ । ईकाई बैठकले उनलाई काबा सभापतिको जिम्मेवारी दिएको हो ।

उनी का.बा अध्यक्ष बने पछि किराबिसंघ झापा जिल्ला अध्यक्ष तथा समाजबादी बिद्यार्थी युनियन जिल्ला संयोजक सुनिल राइले बधाइ साथै शुभकामना समेत प्रदान गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial