सानोबाह्रघरेको बौद्ध गुम्बामा २५६४औं बुद्ध जयन्ती कार्यक्रम नगरिने।

समाचार डेस्क,दमक/महामारीको रुपमा बिश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र बचाउन सरकारले जारी गरेको लकडाउनसँगै २५६४औं बुद्ध जयन्ती कार्यक्रम प्रभावित हुने भएको छ । झापाको दमक–९ (दमक १५) सानो बाह्रघरेमा अवस्थित नामग्याल कुछे जिन्लव बौद्ध गुम्बाले आज सोमबार जानकारी पत्र सार्वजनिक गदै महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण, रोकथामका लागि गरिएको लकडाउनले २५६४औं बुद्धजयन्ती कार्यक्रम हुन नसक्ने उल्लेख गरिएको छ ।

नामग्याल कुछे जिन्लव बौद्ध गुम्बाका सचिव राजु तामाङले हस्ताक्षर गरेको सो जानकारी पत्रमा बैसाख २५ गते नेपाल लगायत विश्वभर मनाइने बुद्ध जयन्ती कार्यक्रम दमकमा समेत गर्न नसकिने उल्लेख गरेको छ । सो पत्रमा भनिएको छ, विश्व समुदाय यतिबेला कोरोना भाइरसको सङ्क्रमण जस्तो जटिल महमारीमा छ, यस्तो अवस्थामा कार्यक्रम गरेर जोखिम निमत्याउनु हुन्न ।

बिगतको बर्षहरु झै यसवर्ष वैसाख २५ गते बुद्ध जयन्ती मनाउन दमकस्थित सानो बाह्रघरेको नामग्याल कुछे जिन्लव बौद्ध गुम्बामा नआउन र आ–आफ्नो घरैमा बसेर पुजासहित बुद्ध जयन्ती मनाउन गुम्बाका सचिव तामाङले पत्रमा उल्लेख गरेका छन् ।

सरकारले वैसाख ११ गतेदेखी लकडाउन सुरु गरेको हो । कोरोना सङ्क्रमितको संख्या बढ्दै जादा सरकारले पटक पटक लकडाउन थप गरिरहेको छ । यस्तो अवस्थामा घरैमा बसेर बुद्ध जयन्ती मनाउन उत्तम भएको नेपाल तामाङ बिद्यार्थी घेदुङ झापाका उपाध्यक्ष मिलन तामाङले प्रगतिशील बहसलाइ बताए। उनले लकडाउनलाई उल्लघंन गर्न सरकार बिरोधी मात्रै नभएर हामी समाज बिरोधी हुने भएकोले यस्तो अवस्थामा भेला वा जमघट गर्न नहुनेमा जोड दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial