अनलाइन शिक्षा बारे राष्ट्रिय बिद्यार्थी संघको धारणा प्रस्तुत।

समाचार डेस्क/आज राष्ट्रिय बिद्यार्थी संघ प्रदेश न.०१ ले अहिले चर्चा भइ रहेको बिषय अनलाइन कक्षाको बारेमा आफ्नो धारणा प्रस्तुत गरेको छ।

बिज्ञापतीमा उल्लेख गरेका छन नेपालमा  सबै एकै खाले बिद्यार्थी छैनन्।त्यसैले सरकारले एक चोटि सोच्ने पो हो कि यो बिषयमा भनेर प्रश्न उब्जाएको छन।

जारी प्रेश बिज्ञाप्ती:

अहिले देश कोरोना जस्तो महामारी संग जुदीरहेको अवस्था छ ।हाम्रो संगठन पनि यश प्रती दुखीत छ।

      केही दिन अघि देखि नेपालको शैक्षिक क्षेत्रमा पनि बाधा पुगिरहेको छ भने एकातिर सरकारले र शैक्षिक संस्थाहरुले अनलाइन माध्यमबाट आफ्ना बिद्यार्थीहरुलाइ शिक्षा दिने बहस छेडिरहेको छ।अहिलेको अवस्थामा चीन जस्ता,अमेरिकी जस्ता ठुला-ठुला राष्ट्रहरुले पनि यो बिषयमा सोच्नै सकेको छैन तर नेपाल देश जस्तो जहाँ फोन गर्न पनि डाडा पाखा,रुख चड्नुपर्ने स्थिति अनि सबै एकै किसिमको जमात पनि नरहेकोले यो कतिसम्म सम्भब होला त?हाम्रो संगठनको तर्फबाट सरकार समक्ष यहि अपिल गर्छौ कि अझै पनि एक चोटि बिचार गर्नुहोस,बिज्ञयहरुसंग बहस गर्नुहोस अनि अनलाइन कक्षाको बारेमा सोच्नु हुन हार्दिक अनुरोध गर्द्छौ।

त्यस्तै प्रदेश १का युवा अध्यक्ष रोशन लिम्बुले अहिलेको यस्तो विषम परिस्थितिमा सरकारको चाल निको देखिदैन।उनले थप्दै भने सरकारले भर अभरमा परेको मजदुरहरुलाइ यो बेला उद्धार गर्नुपर्नेमा सरकार आफै राजनैतिक मुद्दा खडा गर्दै बिबादास्पद हुने काम हाम्रो संगठनलाई मान्य छैन र यो जनताको पक्षमा पनि छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial