ताप्लेजुङमा भीषण आगोलागी।

न्युज ब्यूरो,ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैंकलाइनमा भीषण आगलागी भएको छ ।

शुक्रबार राति अबेरसम्म आगलागीबाट ८ घर जलेका छन् । राति करिब १०स्३० बजेबाट भण्डारी खाजाघर छेउबाट सुरु भएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरसम्म पुगेको छ ।

आगो नियन्त्रण गर्न अहिले दक्षिणतर्फ राम चौधरीको घर पूर्णरुपमा र दुर्गा ढुंगानाको दूध डेरी आंशिक रुपमा भत्काइएको छ। फुङलिङ नगरपालिकाको दमकलले आगो नियन्त्रमा लिने प्रयास जारी राखेको छ । नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयबासीले त्यसमा सघाइरहेका छन् ।

अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरमा लागेको आगो दमकलले नियन्त्रमा लिने प्रयास भइरहेको छ । अगोलागीबाट खड्ग थापा, भट्टराई चिया पसल, खेम के।सी।, सरस्वती बुक एन्ड स्टेसनरी, नेत्र कार्कीलगायतका घर जलेका छन्। आगलागीबाट विवरण कति भएको छ यकिन भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial