केर्खामा लकडाउनको कडा निगरानी।

न्युज ब्युरो-केर्खा/बसन्त राज सुब्बा,सरकारले विश्व कोरोना परी घटनालाई मध्यनजर गर्दै पछिलो समय लकडाउनलाई अझ कड़ाको साथ अघि बढ़ीरहदा प्रदेश १ कोरोना संक्रमणको उच्च जोखिममा परीरहेको अवस्थामा प्रदेश १ झापाको महेन्द्र राजमार्ग स्थित केर्खा बजारको प्रहरी चौकीले त्यसलाई कड़ा निगरानी लिएको स्थिति छ ।

मिति २०७७/०१/ १८ गते बिहीबार केर्खामा
सवारी साधन चलिरहेको जानकारी पाएपछि वास्तविक के भन्ने बुझ्न जादा राजधानी काठमांडूबाट छुटेका बसहरु ट्राफिक प्रहरीले केर्खामा चेक जाच गरी पास रहेको नरहेको विषयमा कड़ा साथ चेक जाच भईरहेको केर्खा ट्राफिक प्रहरी इंचार्ज लक्ष्मी ओझाले बताएका छन । त्यस विषयमा चलिरहेको सवारी साधनहरुको चेक गर्दै सवारी साधन भित्र रहेको यात्रुहरु बसेको सीटलाई सामाजिक दूरी कायम गरेको नगरेको मध्यनजर गरी रहेको बेला बेरीकोर्टमा राखिएको नाबलक बच्चा सहितको १० जना महिलाहरुलाई देखाउदै त्यस बारे स्प्रष्ट बुझ्न कोज्दा केर्खा प्रहरी इंचार्जले आफ्नो क्षेत्र केर्खा महेन्द्र राज मार्गमा उत्रिएका यात्रुहरुलाई निगरानी गर्दै उनीहरुको सम्पर्क नम्बर लिई स्वास्थ्य चेकजाचको लागि सम्बन्धित निकायमा खबर गर्ने, उनीहरुको गंतव्य स्थल र आफन्तहरु संग प्रष्ट बुझेर कोरेन्टाईनको व्यवस्था गर्ने केर्खा जनपथ प्रहरी इंचार्ज असोक दर्नाल बताए ।

साथै राष्ट्रीय जनता पार्टी हाल जनता समाजवादी पार्टी प्रदेश १ युवा अध्यक्ष रोसन लिम्बूले यो विषयलाई प्रदेश , स्थानीय सरकारले अझ जनताको मनभावन र समस्यालाई बुझी यो कोरोना भाइरस महामारीबाट बच्न सामाजिक दूरीलाई ख्याल गर्दै सुरक्षित संयम अपनाउनु साथै रोक र भोग संग लड़ी रहेका जनताहरु समस्या बुझ्न र समाधान गर्न सरकारलाई आग्रह गरे । साथै यो लकड़ाउन समयमा जनताको सुरक्षाको लागि दिन रात नभनी खट्नु हुने स्थानीय तहका प्रहरी प्रशासन तथा ट्राफिक प्रहरी प्रति आभार प्रकट व्यक्त गरे ।उनले सम्पुर्ण नेपाली मजदुर दाजुभाइ-दिदिबहिनीहरुमा मजदुर दिवसको शुभकामना समेत व्यक्त गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial