दमकमा चार किल्ला घोषण।

समाचार डेस्क/दमक। झापाको दमक ३ का एक ब्यक्तीमा कोरोना भएको पुष्टी भए लगतै दमकमा उच्च सतर्कता अपनाइएको छ ।

दमक नगरपालिकाले संक्रमित भएको स्थानमा संक्रमण फैलिएको हुन सक्ने भएकाले केही स्थानमा आवत जावत बन्द गरेको विज्ञप्ती निकालेर जानकारी गराएको छ ।

कोराेना भाइरस को परिक्षण गर्न भन्दै दमक नगरपालिकाले  दमकको उतरमा मावा पुल देखि बेलडागी १ सम्म दक्षिणमा कृष्ण मन्दिर राज मार्ग उतर, उतर पुर्वमा हिमाबी स्कुल देखि बेलडागी १ सम्म र पश्चिममा मावा खोला सम्म कुनै पनि आवत जावत लगायत कुनै पनि गतिबिधी पुर्ण रुपले निषेध गरेको छ। सबै लाई घरमै बस्न समेत वि़ज्ञप्तीमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial