राप्ती प्रादेशिक अस्पताललाई जनमुक्तिको स्वास्थ्य सामाग्री हस्तान्तरण।

समाचार डेस्क/दाङ । विश्वस्तरमैं महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले गरेको प्रयासलाई थप सहयोग गर्न सामाजिक संघ संस्था, राजनीतिक दल हरु जनस्थरबाट नै कोरोना भाईरस बिरुद्ध लडन उच्च जागरुकताका साथ स्वास्थ्य सामाग्री का साथ सहयोग तथा राहत बितरणमा खटिरहेका छन । यसै सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीकि नेतृ एवम अधिकारकर्मी लिला पुनको समन्वयमा कोरोना विशेष अस्पताल र राप्ती प्रादेशिक अस्पतालका लागि पीपीई र प्लास्टिकको भाईजर ६/६ थान मे.सु. सर्बेस शर्मालाई हस्तान्तरण गर्नु भएको छ । संवाद समूह प्रदेश ५ को आग्रहमा रुकुम पुर्बका लागि ३ थान पीपीई हस्तान्तरहण गरिएको छ ।

हाल नेपालमा कोरोना भाइरस (कोविड्-१९) बाट सक्रमित संख्या-४८ जना मनिषमा देखिएको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने सरकारले जारी गरेको लकडाउनको पूर्ण नियम सबैले पालना गरौ भन्दै नेतृ एवम अधिकारकर्मी लिला पुन मगरले बताए । साथै अत्यावश्यक काम नपर्दासम्म घरमै बस्न, भीडभाडमा नजान, किनमेल गर्दा सोसल दुरी कायम गर्न, अपरिचित ब्यक्तिहरु आवतजावतमा निगरानी राख्ने, घर बाहिर जादा मास्क अनिवार्य लगाउने, साबुन पानी हात मिचिमिची धुने जस्ता कार्य गर्न राष्ट्रिय जनमुक्ती पार्टीको तर्फ सुझाब सल्लाह सुझाएको बताए । यो महामारी-बिपतको घडीमा सहयोगी बनौ । सरकारले जारी गरेको लकडाउनको सबैले पालना गरौ । सबै जना घर मा बसौ भन्दै अर्का केन्द्रिय उपाध्यक्ष रबिन्द्र उच्च नेपालीले पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial