प्रधानमन्त्रीको गृह नगरमा नेबिसंघको सांकेतिक बिरोध।

समाचार डेस्क/आज दमकको नमुना मार्गमा नेबिसंघ केन्द्रको निर्देशन अनुरुप जिल्ला समिती झापा र दमकको समन्वयमा सांकेतिक बिरोध कार्यक्रम समपन्न गरेका जिल्ला सदस्य अतीत राइले बताएका छन।

उनले थपदै भने यस्तो बिपदको घडिमा लोकतन्त्रलाई नै धरासायी बनाऊने हिसाबले सरकारले ल्याएको दुई नयाँ अध्यादेश बिरूद्ध नेपाल बिधार्थी संघका केन्द्रीय समितिको निर्देशन बमोजिम सामाजिक दुरी कायम गरेर आज दमक मा “साङ्केतिक बिरोध कार्यक्रम” गरेका हौ र यश कार्यक्रमलाई सफल बनाउन जिल्ला सदस्य मनि लिम्बु, धिरज श्रेष्ठ,आसिस लेचाबो तथा सघंको नगर सचिव मणिलुङग फागो र नगर सदस्य रूजन मगरको उपस्थित रहेको थियो भने उनले ईलाका प्रहरी कार्यालय दमकलाई बिशेष धन्यबाद दिएका छन ।

नेबिसंघ केन्द्रीय कार्यसमितिका सभापतीको हस्ताक्षरित बिज्ञाप्तीमा यसो लेखिएको छ”सिंगो राष्ट्र एकजुट भएर कोरोना विरुद्ध लाग्नु पर्ने।यस्तो बिपत्तिको क्षणलाई पनि ओलि सरकारको आफूलाइ  निरंकुशता तर्फ अग्रसर हुने मौकाको रुपमा उपयोग गर्नु खेद पुर्ण र आपत्ति जनक रहेको उल्लेख छ।यी दुवै अध्यादेश तुरुन्त फिर्ता लिनुपर्ने माग नेबिसंघको रहेको पनि उल्लेख गरिएको छ ।लोकतन्त्रका घातक २ बुद्दे अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले बिहान ०९ बजे देखि देशको ७७वोटा जिल्लाका प्रमुख स्थलहरुमा साङकेतिक बिरोध प्रदर्शनका निम्ति आव्हान गरिएको छ।सबै ठाउमा ५ जनामात्र जम्मा भएर सामाजिक दुरि कायम राख्दै लकडाउनका सबै नियम पालना गर्दै १० मिनेटसम्म हातमा प्लेकार्ड तथा कागजी झन्डा बोकि मर्यादीत र अनुशासित रुपमा कार्यक्रम सम्पन्न गर्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial