
समाचार डेस्क/बिश्व कोरोना (कोभिड-१९)को त्रासमा परिरहेको र यश बेला विश्व नै लकडाउनमा रहेको। यश बखत रगतको अभाव हुन सक्ने भन्दै कांग्रेसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाले दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

१४ औ लोकतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएका त्यस कार्यक्रममा ३१ जनाले रगत दान गरेका संघका जिल्ला सदस्य बिशाल अधिकारीले बताउनुभयो। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागी नेपाल सरकारले बिगत एक महिना देखि निरन्तर लकडाउन गरिरहेको र लकडाउनका कारण अहिले ब्लड बैंकहरुमा रगतको अभाब खडकिन थालेकोले संघका सदस्यहरुबाट रक्तदान गरिएको नेविसंघ झापाका बरिष्ठ जिल्ला सदस्य सहदेव भट्टराईले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा रेडक्रसकै सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य मेदनी सिटौलाको प्रमुख उपस्थिती रहेको थियो। संभावित कोरोना भाईरसको जोखिमलाई मध्यनजगर गर्दै सामाजिक दुरीलाई कायम गरी रक्तदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेविसंघ झापाका उपाध्यक्ष भवानी काफ्ले, कोषाध्यक्ष नवराज ढकाल, सदस्यहरु बिपुल बास्तोला, नवराज न्यौपाने, मणि लिम्बु, धिरज श्रेष्ठ, अशिष लिम्बु, अतित राई, सन्देश थापा विद्यार्थी नेता चिरञ्जिबी न्यौपाने, दमक नगर सभापति पासाङ तामाङ लगायतको उपस्थिती रहेको थियो ।