
समाचार डेस्क/हिजो मध्यरातमा सम्पन्न समाजवादी पार्टी र राजपाको एकता भएपछि नेपालमा राजनैतिक सदगर्मी बढेको छ।राजपाको भातृसंगठन रा.यु.संघ प्रदेश न.०१का अध्यक्ष रोशन लिम्बुले अब चाहिँ बैकल्पिक शक्तिको रुपमा जनताले पुर्ण आश गर्ने छ यस पार्टीलाई।पार्टीले गरिब,दिन-दुखीको लागि सोझा जनताहरुको हकहितको लागि काम गर्नेछ साथै हिजोको मुद्दालाई अडिक साथ लिएर पहिचानबादीको काम गर्ने छ अनि हिजोको जस्तै टुट्ने ,फुटने कामहरु फेरि नहुनेमा आस गरेको बताए।
उनले थप्दै भने एकता पछिको जनता समाजबादी पार्टीले नया शक्ति निर्माण,उर्जा र सम्पुर्ण देशबासी,युवाहरुलाइ बल दिनेछ भन्नेमा समेत आशाबादी रहेको बताए।उनले बताए अनुसार ४ बुद्दे सम्झौता पत्रले हिमाल,पहाड,तराइ,मधेस र सम्पुर्ण जातजाती चार वर्ण छत्तीस जातमा खुशियाली छाहेको र यसले थप उर्जाशिल बनाएको पनि बताएका छन।
आफ्नो कुरा राख्ने क्रममा उहाले आउने चुनाबमा धेरै ठाउ जित्न धेरै सहज हुने भन्ने कुरामा आशा रहेको बताउनु भयो।थप्दै उनले बताए ज.स.पाले पहिचानबादी नेता रेशम चौधरी लगायतका नेताहरूलाई रिहाइ गर्न मद्दत पुर्याउनेमा आफुहरु बिश्वास्त रहेको पनि बताए।साथै उनले बधाइ पनि दिएका छन।