अध्यादेश गलत छ-अतीत राई।

हामीसंग हुनुहुन्छ नेपाली काङ्ग्रेसका भात्री संगठन नेपाल विद्यार्थी संघको झापा जिल्ला सदस्य श्री अतित राई ।उहासंग हामी आज समसामयिक राजनैतिक बहस साथै पार्टीको गतिविधि बारे छोटो कुराकानी गर्ने छौ।प्रगतिशील बहसका पत्रकार अबिन मेयाङ्बोले गर्नु भएको छोटो कुराकानीको अंश:

१.नेबिसंघको राजनीति यात्रा तय गर्नु भएको कति बर्ष भयो?
-म  लोकतान्त्रिक पद्धतिमा बिश्वास गर्ने भएकोले काङ्ग्रेस पार्टीमा  २०६५ साल देखी नै रुचि राख्थे अनि कहिलेकाही कार्यक्रम तिर जान्थे तर पनि संगठनमा चाहिँ नेबिसंघ दमक बहुमुखी क्याम्पस २०६८साल देखि सकृय कार्यकर्ताको रूपमा आवद्ध भएको हु।

२.लोकतन्त्र आउनमा सम्पुर्ण जनताको ठुलो योगदान छ र १५ औ लोकतन्त्र दिवस पनि परेको छ,यसमा नेबिसंघ झापाले केही कार्यक्रम तय गरेको छ?
-नेबिसंघ झापा र दमक नगर समितिको समन्वयमा दमक रेडक्रसमा रक्तदान कार्यक्रम आयोजना गरेका छौ।अहिले सुन्नमा आए अनुसार कोभिड-१९को कारण रगतको अभाव खडकेको छ।त्यसैलाई थोरै भए पनि आपूर्ति होस भनी र रगत अभाबकै कारण कोहि ब्यक्तिको मृत्युु नहोस भन्ने कुरालाई मध्यनजर गर्दै यस कार्यक्रम आयोजना गरेका छौ।त्यसको लागि हामीले स्थानिय तहसंग  पनि समन्वय गरेका छौ।

३.हिजो मात्र ज्ञानेन्द्र शाहिलाइ आफ्नै निजि निवासबाट राहत बितरण गरेर आए पश्चात् पक्राउ गरिएको छ,यसमा तपाइको धारणा के छ?
-राहत बितरणको बिषयमा सरकारले एकद्वार प्रणाली लागू गरिएको छ।एक हिसाबले एक द्वार प्रणाली ठिक हुन सक्छ तर पनि ज्ञानेन्द्र शाही जस्तो व्यक्तिले सामाजिक दुरि कायम गरि राहत बितरण गर्छु भन्दै गर्दा सरकारले चाहिँ लकडाउन उल्लंघन गर्यो भन्ने हिसाबले पक्राउ गर्नु चाहिँ अलिक सोच्नु पर्यो।सरकारले बिर्सेको हुनसक्छ केही दिन अघि मात्र एन महर,नेकपा निकट अनेरास्ववियु बिद्यार्थी नेताले किर्तिपुरमा राहत बितरण गर्दा सामाजिक दुरि कायम भएको थिएन।सरकारले यस्तो कुराको चाहिँ निगरानी नराख्ने अनि सरकारको आलोचना गरेकै भरमा मुद्दा लगाएर एकाग्रह लाद्ने प्रवृत्ति  चाहिँ गलत हो।

४.प्रधानमन्त्री ज्युले भरखरै मात्र ८० करोडको राहत बितरण गरेको भन्ने कुरा सुन्नामा आयो तपाईं के भन्नुहुन्छ ?
-३ करोड जनता भएको देशमा ८० करोड राहत बितरण भन्नेक्ल कुरा सामाजिक रुपमै प्रश्न चिन्न खडा भएको छ।कागले कान लग्यो भन्दैमा कागको पछाडि दौडिदिनौ हामी पहिला काम छाम्छौ।भोलि प्रमले बोलेको कुराको आर्थिक बिबरण आउला नि त कुन क्षेत्रमा कति बितरण भएको भनेर अनि हामी त्यसपछि जवफ दिन्छौ।

५.सरकारले ल्याएको दुई अध्यादेशको बारेमा के भन्नुहुन्छ?
-प्रथम कुरा चाहिँ यो अध्यादेश अहिलेको लोकतान्त्रिक संबिधानको मुल्य,मान्यता र मर्मको बिपरित छ।यो अध्यादेशले पहिलाको ४०%सासंदमा र ४०% पार्टी फुटाउन यि दुई कुराको अवश्यक पर्थियो तर अहिलेको अवस्थामा चाहिँ एउटा भए पुग्छ्भन्ने कुरा आयो।यसले लोकतन्त्रलाई कम्जोर बनाउछ।भोलि यस्तो अवस्था पनि आउनसक्छ,कसैलाई चित्त नबुझ्दा पार्टी फुटाउन सक्ने।भोलिको दिनमा यसले अस्थिरता निम्त्याउछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial