दमकमा लकडाउन थप कडाइ।

समाचार डेस्क/ विश्वभर काेराेना भाइरसकाे महामारी तिब्र गतिमा फैलिरहेकाे बेला देश भर लक डाउनकाे घाेषणा गरीएकाे छ।त्यस्तै दमकमा पनि लकडाउन जारी छ।यहि लकडाउनको अवसर पारेर खाद्यान्न सामग्रीको अभाव नहोस र कालो बजारीकरण नहोस भनेर दमक नगर सरकारको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितीले आज एक सुचना जारी गरेको छ।

आज देखि दमकमा थप कडाइका साथ लकडाउन लगाइएको छ।जारी सूचनामा निम्न कुराहरू उल्लेख गरीएको छ:
-अत्यावश्यक दैनिक खाद्य सामाग्री खरिद बिक्रीका लागि शनिबार र बुधबार दिउसो ११:०० बजे देखि २:०० बजे सम्म हप्तामा दुई दिन मात्र पसल खुल्ला गर्न पाइन्छ।
-दमक बाहिरबाट तरकारी,फलफल,दुध,माछामासु आयात गरि बिक्री बितरण गर्म पाइने छैन।
-तरकारी,फलफुल,दुध होम डेलिभरी गरि बिक्री गर्न पाइनेछ।डेरि पसल मात्र भए बिहान ७:००बजे देखि ८:००बजेसम्म १ घन्टा मात्र दैनिक बिक्री गर्न पाइनेछ।
-लकडाउन अवधिभर मोटरसाइकल लगायतका कुनै पनि सवारी चलाउन पाइने छैन।
-कृत्रिम अभाव सिर्जना गर्मे,अस्वाभाविक मुल्य वृद्धि गर्ने र मुल्य सूची नराख्ने ब्यापारीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ।
-ढाट वा तगारो राखी सडक अवरोध गर्न नपाइने हुँदा तत्काल हटाउनुपर्नेछ।
-उपरोक्त अनुसारको व्यवस्थाहरु पालना नगर्ने उपर कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial