दमकमा खाद्यान्न सामग्रीको मुल्य निर्धारण गरियो।

समाचार डेस्क/ हाल विश्वभर काेराेना भाइरसकाे मरामारी फैलिरहेकाे बेला देश भर लक डाउनकाे घाेषणा गरीएकाे छ । लकडाउनको मौकालाई  ब्यापारीहरुले  मुल्य बृद्वि गरेकाे पाइएकाेले  झापाको दमकमा दमक  उधाेग वाणिज्य संघकाे पहलमा अति आवश्यकिय खाध्य बस्तुकाे मुल्य ताकिएकाे छ ।

किराना तथा खाध्य ब्यवसायी संघ दमकका अनुसार खाध्य बस्तुकाे मुल्य प्रति केजी चामल  मंसुली  रू  ६०,  चामल आउ मंसुली रू ५०, चामल साेना मंसुली रू ५५, दाल मुसुरी रू १ सय २०, दाल चना रू १ सय २०, दाल रहर रू १ सय ६०, चना/मटर रू १ सय १०, मैदा रू ६०, आटा रू ६०, हरियाे मटर रू १ सय ३०, सेताे मटर रू ८५, चिनि रू ८०, नुन रू २०, सुर्यमुखी तेल रू १ सय ७०, ताेरीकाे तेल २ सय निधारण गरीरएकाे किराना तथा खाध्य ब्यवसायी संघ दमकका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।

मंगलबार देखी लागु गरीएकाे र मुल्य सुचीलाइ सबैले आफ्नाे पसलमा ग्राहकले देख्ने गरी राख्नका लागि दमक  उधाेग वाणिज्य संघले अनुराेध समेत गरेकाे छ । यन्यथा दमक नगरपालिका बाट अाएकाे अनुमनकाे टाेलीले नियम अनुसार कार्वाहि गर्ने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial