राहत बितरण गरि स्थापना दिवस मनायो नेबिसंघ झापाले।

समाचार डेस्क/आज नेपाल बिद्यार्थी संघको ५१ औ स्थापना दिवसको अवसर पारेर झापामा संघले विभिन्न कार्यक्रम सम्पन्न गरेको संघको सभापति राजेन्द्र उप्रेतीले बताएका छन।

सोही अवसरमा आज दमक नगर समिती र दमक बहुमुखी इकाइ कार्यसमितिले डेरामा बसेर पढ्ने ८ जना बिद्यार्थीलाई साग सब्जी बितरण गरेको छ भने दमक बिद्यार्थी राहत अभियानमा जुट्ने बिद्यार्थीहरुलाइ राहत सामग्री बाडेर बाकी रहेको रकम रु.४४००/- हस्तान्तरण गरेको छ।यस कार्यक्रममा इकाइ सचिब योग बहादुर खडका,जिल्ला सदस्य धिरज श्रेष्ठ,आशिष लिम्बू,नगर सचिब मढिलुङ फागो लगायतले सहयोग गरेका जिल्ला सदस्य अतित राइले बताए।

राहत वितरण, रक्तदान, सचेतनामुलक कार्यक्रम गर्दा स्थानीय प्रशासनसँग समन्वय गरि सामाजिक दुरी कायम गरेर आफुहरुले कार्यक्रम आयोजना गरेको संघका जिल्ला सदस्य धिरज श्रेष्ठले बताए ।

विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौंको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो। त्यस समय यता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको संघका नगर सचिब मढिलुङ फागोले बताए।

One thought on “राहत बितरण गरि स्थापना दिवस मनायो नेबिसंघ झापाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial