श्रमिक, बिधार्थी साथै बिपन्न बर्गका नागरिकरुको ब्यबस्थापन गर्न किराबि सघंको माग

समाचार डेस्क/किरात राई बिद्यार्थी संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यका लगायतका अन्य क्षेत्रबाट दैनिक रुपमा पैदल मार्फत आफ्नो गाउँ फर्किने नागरिकहरुको स्वास्थ्य सुरक्षा र समस्यालाई ध्यान दिई उनीहरुको व्यवस्थापन गर्न सम्बन्धित स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारको ध्यानाकर्षण गराएको छ।

उत्तरी छिमेकी राष्ट्र चीनको वुहान शहरबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न नेपाल सरकारले गरेको बन्दा बन्दि अर्थात लकडाउनको कारणले समस्या ग्रस्त विद्यार्थी, दैनिक ज्यालादारी मजदुर,अत्ति विपन्न वर्गका नागरिकहरु सयौको संख्यामा पैदल मार्फत आफ्नो गाउ फर्किने क्रम चलिरहेको छ ।

विश्व भरिनै माहामारीको रुप लिइरहेको कोरोना भाइरसले मुलुकमा भयावह अवस्था सिर्जना हुने भएकाले विश्व स्वास्थ्य संगठन (wHO) को सल्लाह सुझाब अनुसार बुद्धिमतापूर्वक कडा रुपमा अनुशासनको पालना गरि प्रकोपको नियन्त्रण गर्न सघाउ पुर्याउन आम जनसमुदाय संग अपिल गरिएको संघका केन्द्रिय अध्यक्ष रामचन्द्र राईले बताए ।

संघले लकडाउनको समय थपिएसंगै विद्यार्थी, दैनिक ज्यालादारी मजदुर, फुटपाथ व्यापारी लगायत अत्ति विपन्न वर्गका नागरिकहरुको दैनिक जनजिविका बिकाराल बन्दै गईरहेको सन्दर्भ उल्लेख गर्दै विपदको संक्रमणकालिन अवस्थामा सबै मिलेर समस्या संग लड्न अनुरोध गरेको छ ।

खास गरि विधार्थी, मजदुर र अत्ति विपन्न वर्गका नागरिकहरुको स्थितिलाई ध्यानमा राखेर तत्कालको लागि अत्यावश्यक खाद्यान्नसहित आवश्यक राहत व्यवस्था गर्न र घर धनिसंग स्थानीय सरकारले प्रभावकारी समन्वय गरि कोठा भाडा मिनाहा गरिदिन अनुरोध गरिएको हो ।

राहत वितरणमा भईरहेको ढिलासुस्ती र अनियमिततालाई तुरुन्तै रोकी चाडो ,सर्वसुलभ र पारदर्शी बनाउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै मानवीय समवेदना र भावनालाई मध्यनजर गरि खुल्ला दिलले जहा समस्या र सहयोगको आवश्यकता छ, त्यहा समाधानको लागि लाग्न, आवश्यक सहयोग र पहल गर्न बिधार्थी, समाजसेवी, बुद्दिजिबी, व्यापारी, उधोगी तथा आम जनसमुदाय संग अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमणको बाहानामा दैनिक उपभोग्य सामाग्रीहरुको मूल्य वृद्दि र बजारमा कृतिम अभाव सिर्जना गरि कालोबजारी गर्ने व्यापारीहरुलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई बढ्दो महंगीलाई तत्काल नियन्त्रण गरि बजारलाई व्यवस्थित गर्दै सर्बसाधारणको जनजीविकालाई सहज बनाउन समेत संघको माग रहेको छ । अहिलेको सुचना प्रविधिको विकासलाई अधिकतम उपयोग गर्दै आगामी दिनका लागि सोहि अनुसारको तयारी गर्न समेत नेपाल सरकार तथा सम्पूर्ण शैक्षिक संस्थाहरु लगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial