दमकमा दैनिक उपोभोग्य वस्तु खरिदबिक्री गर्न समय तोकियो।

समाचार डेस्क/दैनिक उपोभोग्य वस्तु खरदि विक्रीमा समस्या परेपछी झापाको दमक नगरपालिकाले अत्यावश्यकीय बस्तु किनमेल गर्ने समय तय गरेको छ।अत्यावश्यकीय वस्तु किनमेलको समय बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्मको समय कायम गर्ने निर्णय भएको हाे ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरेना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण रोक्न सरकारले गत तिन साता देखी लकडाउन जारी राखेको छ । नगरपालिकामा आज (बुधवार) नगरप्रमुख, स्थानीय प्रहरी प्रशासन प्रमुख र बाणिज्य संघका प्रतिनिधि समेतको संयुक्त बैठकले कोरोना भाइरसको संभावित जोखिम नियन्त्रण गर्न गरिएको लडकाउनलाई थप प्रभावकारी बनाउन समय निर्धारण गरिएकाे हाे ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार तय गरिएको समय वाहेक अरु समयमा भने पसल खोल्न नपाईने बैठकले निर्णय गरेको छ ।

नगरपालिका भित्र रहेका अस्पताल, औषधी पसल सुरक्षा ब्यबस्थापन गरि सधै खुल्ला राख्ने तथा सो बाहेक दैनिक उपभोग्यसहितका खाद्यान्न बस्तुहरुको मात्र बिक्री वितरण सहज वनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सो समयभित्र पनि ब्यापारी र ग्राहक दुबैले अनिवार्य सामाजिक दुरी कायम राख्नु पर्नेछ । यसअघि बिहान, बेलुकी मात्रै बजार खुल्दा छोटो समयका कारण त्यही बेला मानिसहरुको समेत अत्याधिक चहलपहल हुदै आएकाले त्यसले जोखिम निम्त्याउन सक्ने भएको भन्दै किनमेलको दैनिक ५ घण्टा मात्र कायम राख्ने निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial