रा.यु.संघ प्रदेश न.०१ को आग्रह सिमानाहरु कडाइको साथ बन्द गरियोस।

समाचार डेस्क/राष्ट्रिय जनता पार्टीको भातृसंगठन राष्ट्रिय युवा संघ प्रदेश न.०१का अध्यक्ष रोशन लिम्बुले आज एक प्रेश बिज्ञापति मार्फत नेपाल र भारतको खुल्ला सिमानाहरु कडाइका साथ बन्द गरिनुपर्ने नत्र रा.यु.संघ प्रदेश न.०१का युवाहरूले नाकाहरु आफै बन्द गर्ने  बताएका छन।

उनले अहिले नेपाल कोरोनाका कारणले लकडाउनमा रहेको र राहत बितरण स्थानीय सरकारहरु मार्फत भइरहेको भए पनि राहत पाउनुपर्ने ब्यक्तिहरुले नपाएको गुनासोहरु आइरहेको छ।त्यसैलाई  मध्यनजर गर्दै बिज्ञाप्तीमा आउदो दिनहरूमा गरिब,मजदुरहरु परिचीत गरि राहत बितरण गर्न उल्लेख गरेका छन।

बिज्ञापति उनले उल्लेख गरेका छन सरकारले घोषण गरेको लकडाउन भन्दा पनि जनताहरु संयम सतर्कता अपनाइ घरमा नै बस्न समेत अग्राह गरेका छन।

बिज्ञापति मार्फत उनले दिन-रात मेहेनत गर्ने पुलिस,कर्मचारीहरुको तलब कटौती नगर्न पनि अनुरोध गरेका छन भने जनप्रतिनिधि, सांसद,मन्त्रीहरुको भत्ता,तलबहरु कटौती गरि जनतालाई उचित हिसाबले राहत बाढ्न पनि सल्लाह दिएका छन।उनले आउदै गरेको नया बर्ष २०७७ को सम्पुर्ण आम नेपालीहरुलाइ हार्दिक शुभकामना, दीर्घयु,सु-स्वास्थको पनि कामना गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial