आज दमक बहुमुखी क्याम्पस अध्यानरत बिद्यार्थीहरुलाइ स्थानिय बिद्यार्थी संगठनहरुको सहयोगमा झापा देखि ताप्लेजुङसम्म पुगुन भन्ने उदेश्यले हामीहरुले गाडी रिजर्भ गरि केही बिद्यार्थीहरुलाइ पठाएको समाजबादी बिद्यार्थी झापा संयोजक सुनिल राइले बताए।

बिगत २ साता देखि कोरोना(कोभीड-१९)को कारण लगातार देश नै लकडाउन भएको बेला टाढा बिशेश पहाडी भेगबाट उच्च शिक्षा हासिल गर्ने उदेश्यले दमकको बहुमुखी क्याम्पस झरेको बिद्यार्थीहरुको आर्थिक स्थिति देखि खाद्यान्न,रासनहरु सबै अभाव खड्कीदै आएको हामिले बुझ्यौ त्यसैले केही दिन अघि हामीले त्यस्ता बिद्यार्थीहरुलाइ सहयोग पनि गर्यौ तर त्यतिले मात्र नपुग्ने भयो अनि केही विद्यार्थी साथीहरूले घर जान पाए नि हुन्थियो भन्ने जिज्ञासा राख्नु भए पछि हामीले उहाहरुलाइ उहाहरुकै स्थानसम्म पुग्ने बाताबरण सिर्जना गरेको नेबि संघ दमक बहुमुखी क्याम्पसका बिद्यार्थी नेता अशोक खड्का(योगराज)ले बताए।
हामीलाइ गाडी खोज्न देखि सि.डि.ओ कार्यलय झापाबाट पास झिक्नसम्म धेरै झन्झट थियो त्यही पनि हाम्रा बिद्यार्थीहरु अप्ठ्यारोमा नपरुन र उनीहरुलाई बिद्यार्थी संगठनको आभास होस साथै केही राहत मिलोस भनेर हामिले सानो प्रयास मात्र गरेको हौ नेबि संघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताए।
नेबिसंघ झापाका साथीहरूले हामी दमकमा रहेको बिद्यार्थी संगठन र पुर्ब स्वतन्त्र बिद्यार्थी युनियनका साथीहरू अनि बिद्यार्थी अभियानमा जोडिनु भएको साथीहरूलाई कोहि घर फर्किन चाहाने बिद्यार्थीहरु छन भने सम्पर्क गरिदिनु भन्नू भएकोले हामिले पनि सहजिकरण गरेको पुर्ब स्वतन्त्र बिद्यार्थी युनियनका कावा अध्यक्ष रोशन भण्डारीले बताए।

बिद्यार्थीहरुले पनि यस अभियानमा जुट्नु हुने सम्पुर्ण बिद्यार्थी नेताहरुलाइ धन्यवाद दिएका थिए भने नेबिसंघ झापा जिल्ला सदस्य अतीत राई ज्युले हामी निरन्तर यश अभियानमा छौ।दुख परेमा हामिलाइ सम्झिनु समेत अनुरोध गरेका छन।

हामिले बिगत दिनहरुमा खाद्यान्न,तरकारी जस्ता उपभोग्य बस्तुहरु बितरण गरेको यस अभियानका अभियानताहरु मिलन तामाङ,पुजन बुढाथोकी,राज शाह,अशिस लिम्बुले बताए।