नानीहरुलाइ तर्साएर भन्दा पनि प्रेमले जित्नु पर्छ-डा.लेखनाथ न्यौपाने।

हरेक मानिसको आ–आफनै शरीरिक, व्यवहारिक र स्वभावले भिन्न भिन्न भए जस्तै हरेक बालबालिकामा पनि केहि भिन्नै क्षमता, शरीरिक सक्रियता र मानसिक क्षमता विकास भएको हुन्छ। हरेक बालबालिकाले पनि हामी ठूला मानिसमा भएको गुण जस्तै आफनो अधिकतम ज्ञान र सिपको उपयोग गरेर नयाँ कुरो जान्ने, राम्रो क्षमता प्रस्तुत गर्ने र परिक्षामा उतर्ण हुने प्रयास गरिरहेका हुन्छन् । उनीहरुमा पनि आफू अगाडि हुनुपर्छ, प्रथम हुनुपर्छ, खेल
जित्नुपर्छ, नयाँ कुरो सिक्नुपर्छ भन्ने जस्ता भावना र विचारहरु हुन्छन्। उनीहरु पनि परीक्षामा असफल हुँदा या थोरै नम्बर आउँदा, खेल हार्दा अनि गुरुले सोधेको उत्तर दिन नसक्दा या ओराहेको काम गर्न नसक्दा दुःखी हुन्छन सके सम्म यो अवस्था नआओस भन्नेमा हुन्छन। खाना चाडो खानुपर्छ, चाडै सुत्नुपर्छ (केटाकेटीले अरु भन्दा केहि बढी सुत्नु आवश्यक हुन्छ),घरमा सहयोगी हुनुपर्छ, घरका काम गर्नुपर्छ, राम्रो पढनु पर्छ भन्ने भावनामा पनि हुन्छन्। तर हामी घरका ठूला सदश्यले आफना छोराछोरीको क्षमता, स्वभाव, चाहना, पढ्न र बुझन सक्ने मस्तिष्कको विकास आदिका बारेमा जानकारी नराख्दा या आफना नानीहरुलाई नजिकबाट नचिन्दा र क्षमता अनुसारको नतिजाको आशा नराखेर उत्कृष्ट खोजेका कारण लाखौँ नानीहरु एक किसिमको हिंसा या पिडा घरमै र विधालयमा सहेर जीउन वाध्य भएको अवस्था छ ।

हामी हरेक मानिस जन्मिदै सबैकुरा जानेर आएका हुँदैनौँ । हरेक कुरा सिक्दै र जान्दै हाम्रो जीवन यहाँसम्म आईपुगेको सर्व विधितै छ । यो लेख विषेश गरेर ती अभिभावक र बालबालिका लागि हो जस जसका छोराछोरी अरु भन्दा भिन्नै स्वभाव र क्षमताका छन् । उनीहरुको प्रोत्साहन स्वरुप र सम्पूर्ण आभिभावक र साना नानी बाबुहरु प्रति कसरी उनीहरुको उचीत शिक्षा, स्वास्थ्य अनि मनोभावना बुझेर सक्निे सिकाउने भन्ने बारेमा केन्द्रित रहेको छ ।
१, सर्व प्रथाम त घरमा रहनु हुने आमाबुबा दाजु दिदी र आफन्तजन अनि शिक्षकले बालबालिकाको मनोभावना बुझन सक्नु पर्छ । हरेक बाल बालिका रमाइलो गर्दै विस्तार खाने, खेल्ने र सिक्ने प्रकृतिका हुन्छन्। उनीहरु हरेक कुरामा रमाइलो चाहन्छन्। तर हामी अभिभावक भने छिटो काम सकाउने ध्याउन्न(टास्क ओरिएन्टेड)मा हुन्छौ । चाँडो काम सकेर स्कुल पठाउने या आफू अफिस या काममा जाने हतारोमा हुन्छौँ । यसरी बच्चा र आफुमै फरक स्वभाव या सोच
भएका कारण हामी र बच्चा बीच असमझदारी वढेर जान्छ । जसका कारण न बच्चाले राम्रोसँग खाना खान सक्छ न त आमा बुबाले नै समयमा काममा जान पाउनु हुन्छ । यो समस्या धेरैजसो घरमा हुने गर्छ । बच्चाको मानसिकता भन्दा फरक तरिकाले हामी डर त्रास
देखाएर या पिटेर खाना खुवाउन या गृहकार्य गराउने गर्छौ परिणमा बच्चामा एक प्रकारको डर पैदा हुन्छ । उसको भावना विपरीत उसले हरेक कुरामा डर, भय या डराइयो भने मात्र पढने या खेल्ने अथवा गृहकार्य गर्ने अनि बाहिर निस्किने गर्न थाल्छ । बेलुका सुत्नलाई पनि
उसलाई डराउनुपर्ने हुनथाल्छ । यसरी डरले बच्चाको कलिलो मस्तिष्कमा ठाउँ बनाई सकेको हुन्छ । आफू काम गर्दै या मोबाइलमा या टिभी हेरेर बच्चालाई पढ्न या काम गर्न लगाउदा नकारात्मक असर पर्छ । साना नानीहरुलाई चुरोट किन्न पठाउने या मादक पदार्थ किन्न पठाउनु गलत हुन्छ । यस्ता बच्चा पछि पनि डराउने प्रकृतिका हुन्छन्र राम्रो काम गर्न र सफल बन्न कठिन हुन्छ ।त्यसैले बच्चालाई बरु केही समय अगावै देखि खाना खुवाउने, गृहकार्य गर्न र समयमै
सुत्न प्रोत्साहन गर्न सकिन्छ । सबै भन्दा राम्रो आप्mना नानिहरुसँग रमाउन आफूले पनि सिक्नु पर्छ । जस्तै खाना खुवाउदै आफू पनि खाने, बच्चालाई गृहकार्य गराउदा डराएर होइन प्रोत्साहन दिएर, जस्तै नानीले त कति राम्रो अक्षर लेख्यो । यो गृहकार्य सकेपछि एउटा कथा सुनाउला या एकछिन घुम्न बाहिर जाउँला या मिठो चकलेट दिउँला यस्तै यस्तै । यसो गरेसँगै आफू पनि केही पढने या केहि लेख्ने । उसैसँग रमाएको भान बच्चालाई लागोस यसले गर्दा तपाइलाई बच्चाले पत्याउँछ र आमा बुबा या अरु कोही भए पनि मन लगाएर पढ्छ या सिक्छ । यसले बच्चा निडर, ज्ञानी र बुद्धिवान बन्छ । उसलाई कौतुहल र जिज्ञासा पैदा गर्ने वातावरण या क्रियाकलाव हुनुपर्छ जसले गर्दा उसको मस्तिष्कको विकास पनि राम्रो हुन्छ ।
उसमा कल्पना गर्ने शक्ति वढेर जान्छ । महान बैज्ञाानिक अल्वर्ट आइन्सटाइनले त जोड दिएर भनेका छन्। बच्चालाई कथा सुनाउ । धेरै कथा सुनाउ अनि कसैको बाल जीवनी सुनाउ।कुनै डर लाग्ने तर्सिने र नकारात्क सन्देश जाने कुरा नगर, डर लाग्ने या डराउने कुनै प्रकारका व्यवहार नगर । पढन मानेन भने लेख्न सिकाउ । लेख्न मानेन भने खेल्न सिकाउ । होमवर्क बच्चाको शारीरिक हाउभाउ बुझेर पनि गराउन सकिन्छ । जस्तै मिठो गित सुनेर पनि
केटाकेटी होमवर्क गर्न सक्छन्। आफु नाचिदिएर या लुकेर पनि लेख्न सक्छन्या आफै क ख ग घ भनेर या १ २ ३ ४ भन्दा पनि गृहकार्य गर्न सक्छन् अथवा आज नानीले भनेको खाना पकाउँछु भन्दा पनि लेख्न या पढन सक्छन्। बाबुले राम्रो अंक ल्यायो भने उपहार दिन्छु भन्दा या एक छिन रमाइलो गरेर अनि पढौ भन्दा पनि उनीहरु तयार हुन्छन्। यसलाई भनिन्छ फन आरिएन्टेड अथवा रमाइलो गर्दै खाने, या पढने ।तर यसको विपरित यदी हामीले विद्यालयमा या घरमै डराउदै, कुटदै या अन्य तरिकाले
पढायौ या खाना खुवायौ भने उसमा सदाका लागि डर बस्छ र उसले अरुलाई पनि त्यही व्यवहार गर्छ र आफू सधै डरपोक बन्दछ । पछि ठूलो भएपछि उसले पनि आप्mना सन्तालाई त्यस्तै व्यवहार गर्न सक्छ । बच्चालाइ अझ सुत्ने बेलामा डराउनै हुँदैन । डरलाग्दो कथा पनि भन्नु हुँदैन । निद्रामा त्यस्तै सपना आएर बच्चा सुत्न डराउने या एक्लै सुत्न र बाहिर जान पनि डराउने गर्न सक्छ । अर्को उदाहरणमा आज बच्चाले केहि काम बिगार्यो या कसैलाई
कुट्यो या कुटाइ खाएर आयो भने सर्व प्रथमता उसलाई माया देखाउनु पर्छ डर होइन । बच्च त पहिले नै डराएको हुन्छ । बरु के कारण हो विस्तारै पत्ता लगाउनु पर्छ र असल खराब बारे
जानकारी गराउन पर्छ । यसो गर्दा बच्चालाई राम्रो या नराम्रो काम अनि गर्न हुने र नहुने भन्ने बारे थाहा हुन्छ । काम बिग्रियो वा सामान झरेर खराब भयो या फुट्यो भने उसलाई बुझाएर भन्नुपर्छ ताकी उसले फेरी त्यही गल्ती नगरोस । विधालयमा पनि शिक्षकले कराउने,
पिटने या अन्य सजाय दिनु भन्दा उही गृहकार्य भोली गर्न लगाउने या तिमले किन गर्न

सकेनौ भनेर कुरा बुझने गर्नु राम्रो हो । बच्चाले नजानेर, समयनपाएर या आँखाको कमजोरीले या अन्य कारणले नगरेको हुन सक्छ । एकै पटक सजाय दिँदा उसमा डर पैदा हुन्छ र उसले सजाय नपाउन अनेक बाहना या ढाट्ने गर्न सक्छ । यसरी बाहाना बनाउने र ढाटने, चोरी गर्ने आदत बस्न सक्छ । यसमा अझ शिक्षकले त विधार्थीको सिकाइको रुचीमा र उसको क्षमताको पनि अध्यायन गर्नुपर्छ । मैले यती पढाए भन्दा पनि विधार्थीले कति बुझे र कति जीवन उपयोगी कुरा सिकाउन सके भन्ने कुरा महत्वपूर्ण हुन्छ । घोकाएर डर देखाएर परिक्षामा राम्रो उतिर्ण भएका विधार्थी भन्दा कुरा बुझाएर सामान्य ज्ञान दिएर खुसी बनाएर पढेका विधार्थीले भविश्यमा प्रगति गरेको हामीले देखेका छौँ ।आजकल साना नानी या हामी ठूलै पनि घर बाहिर कमै निस्किन्छौ । घरमै टिभी मोबाइल आदिमा रमाउछाँै । यसो गर्दा नानहिरुले पनि यही सिक्छन्। उनीहरु पनि बाहिरी खेल या
बाहिर जानु भन्दा घरमै रहन र जंक फुड( बजारे खान)मा रमाउन चाहन्छन्। हामीले टिभी या मोबाइल हेरेपछि नानहिरुले पढने त कुरै भएन । आफूले जो गर्यो, जे र जस्तो बोल्यो, जस्तो व्यवहार घर परिवारका सदस्यलाई गर्यो उनीहरुले पनि त्यही गर्ने हुन ।

केटाकेटलाई बाहिर जान, खेल खेल्न, घरमै बनाएका खानेकुरा खान अनि सस्कार सिकाउने हामीले नै हो ।आफू बसेर केटाकेटीलाई मात्र काम लगायो भने उनीहरुमा पनि त्यही विश्वास बस्छ र उनीहरु पनि त्यही व्यवहार गर्न पुग्छन् । २, बच्चाको मनोविज्ञानमा प्रत्यक्ष सरोकार राख्ने विषय तल लेखिएका छन्। पहिलो बच्चसँग घटेको कुनै पनि सानो या ठूलो घटना । घटनापछि आएको भावना । त्यसपछि विश्वास र अन्तिममा व्यवहार । यसलाई उदाहरणबाट बुझ्न सकिन्छ । आज बच्चाले बाटामा झगडा गरेर या कुटाई खाएर आयो । यो घटना भयो । यो घटनाबाट बच्चा डराएर घर आएको छ । उसलाई घरमा के गरिन्छ जस्तै अरु डराइन्छ (स्कुलमा भन्दििन्छु या बुबाले पिटने हुन्छ आदि आदि) । या माया गरेर करा बुझने प्रयास गरिन्छ । यदि अरु डराइयो भने बच्चाले पिटाइ खने डरले भन्दैन बरु ढाट्छ । यदि फकाएर खुसी पारियो भने सबै यथार्थ भन्छ र सामाधान सहज हुन्छ । यो अवस्था भनेको विश्वास या बच्चाको भावना हो । यदी उसले राम्रै काम गरेको रहेछ र कुटाई खायो भने उसको मस्गिष्कमा राम्रो काम गर्नु नहुने रहेछ भन्ने विश्वास पैदा हुन्छ । जसले ऊ राम्रा भन्दा नराम्रा काममा चासो राख्छ र ऊ सदाका लागि यस्तै विश्वासमा रहन्छ कि राम्रा काम गर्यो भने सजाय पाइन्छ । यसरी पटक पटक उसले गरेका कामको चासो या असल खराब नबुझी दण्ड लिने हो भने ऊ यस्तै काममा उत्साहित हुन्छ र जीवनभर यस्तै काम गर्छ । जस्तै सानैमा पैसा चोर्ने, सामान चोर्ने, अराएको काम नगर्ने, राम्रो कुरा गर्दा पनि नराम्रो सम्झिने । यसलाई भनिन्छ व्यवहार । यो अवस्थामा बच्चालाई सुधार्न मुस्किल हुन्छ । त्यसैले बच्चालाई डर होइन माया दिउुँ, टाढा होइन नजिक राखौँ, मिठो नमिठो खान सिकाआँै । अभाव र वास्तविकता दर्साउ । छुट्टीमा आफुले गर्ने काम देखाउन लैजाने गरौँ । अफिस लैजाने गरौँ । काममा हात वाढ्न सिकाऔँ । काम बिगार्छ भनेर गर्न नदिने होइन गर्न दिएर, विगार्न दिएर सिकाऔँ । काम भनेको बिगारेर नै सिकिने हो । जसरी बच्चा लडेर मात्र हिड्न सिक्छ । भोकै रहेर मात्र

भोक बुझिन्छ । नाङ्गो भएर मात्र कपडाको महत्व थाहा हुन्छ । अभावले मात्र मेहेनत सिकाउँछ ।
३, हरेक बच्चाको पढने, सिक्ने, खेल्ने, दौडिने, काम गर्ने क्षमता एकै हुँदैन । क्षमता अनुसार नानीहरुले सिक्छन्। कुनै शरीरिक रुपमा कमजोर हुन्छन्भने कोही मानसिक रुपमा।कोही मानसिक रोगी हुन्छन्। अथवा मानसिक विकासको कमी हुनेले अरुको तुलनामा पढन लेख्न खेल्न सक्तैनन्। यसको अर्थ उनीहरुलाई नपढाउने नखेलाउने होइन । उनीहरुले सुरुमा जे खेल्न सक्छन्त्यही खेल्न प्रोत्साहन गर्ने हो । के पढन रुचाउँछन्त्यही पढाउने हो । विस्तारै
अरु सिकाउँदै जाने हो । कुनै नानीहरु परिक्षमा राम्रो लेख्न सक्तैनन् तर सबै कुरा जानेका हुन्छन्। यस्ता बच्चालाई झनै प्रोत्साहन दिनुपर्छ परिक्षा मात्र सबैकुरा होइन भनेर प्रोत्साहन गर्नुपर्छ । यसो गर्दा उसमा आत्म विश्वास वढेर जान्छ र पुनः राम्रो लेख्न सक्छ । बच्चमा
व्यवहारिक ज्ञान पनि हुनुसक्छ । व्यवहारिक ज्ञान र असल सोच अनि कल्पना शक्ति र चन्चल पना केटाकेटीमा हुनपर्ने आवश्यक कुरा या गुण हुन । यदि तपाइको बच्चा कुनै कुरामा घोत्लिन्छ या केही भन्न या गर्न खोच्छ भने त्यसमा प्रोत्साहन गर्नुपर्छ।उसको भावना र
सोचको सम्मान गर्नुपर्छ । यदि माथिका मध्ये एउटैमात्र गुण तपाइले दिन सक्नु भएको छ या उनीहरुले सिकेका छन्भने अरु राम्रा गुण र क्षमता विस्तारै वढदै जाने छन्।अन्त्यमा, तपाइको बच्चाले बोलाउने वित्तिकै या कतैबाट आउने वित्तिकै उसँग बोल्नुहोस ।
उसका कुरा सुन्नुहोस । यो राम्रो यो नराम्रो छुट्याउन सिकाउनु होस । बच्चालाई समय दिनुहोस । उसैसँग रमाउन र उसको भावना बुझने र सम्मान गर्न सिक्नुहोस । तपाई ठान्नुहोस उनीहरुका कुरा नै र उनीहरुका भावना नै तपाईका भावना हुन्। आज तपाईका छोराछोरी
असल र ज्ञानी बन्न सके भने मात्र तपाइको भोलि सुन्दर हुनेछ । तपाइले कमाएको नाम र पैसाको उचित सदुपयोग हुने छ । भविश्य गर्व गर्न लायक हुँने छ । आज लाखौँ मानिसहरु छोराछोरीका कारण पिडीत छन्। यो हुनुमा एउटा मुख्य कारण समयमै छोराछोरीको भावना नबुझेर हो । उनीहरुमा बुबाआमाको महत्व र आवश्यकताका बारेमा ज्ञान दिन नसक्नु हो ।छोराछोरीलाई घरमा नराखेर होस्टल या अन्तै राखेर हो।अझ आजकल त इन्टरनेटको जमाना
छ । उनीहरु तपाईका कुरा भन्दा नेटका कुरालाई विश्वास गर्छन । त्यसैमा रमाउन चाहन्छन्।यसले साना नानीहरुमा पनि पनि नराम्रो लत बसेको छ । चाडै रिसाउने भएका छन् । खाना राम्रसँग नखाने या मोबाइल नहेरी या टिभी नहेरी नखाने भएका छन्। यसको मुख्य
कारण आफुले समय दिन नसक्नु र अन्य सामान किनीदिएर आफु टाढा रहन खोज्नु हो।समय समयमा घुमाउन नलैजानु, उनीहरुका कुरा नसुन्नु एकै पटक गाली गर्नृ, सँगै नबस्नु आदि। त्यसैले हरेक आमाबुबालाई जीवनको पहिलो प्राथमिकता आफ्नोो सन्तानलाई दिन र उनीहरुको भावनालाई बुझन अनुरोध गर्दछु ।

डा. लेखनाथ न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial