
समाचार डेस्क/कोरोना भाईरसको कारण अहिले विश्व नै स्तब्द छन,हाम्रो देश पनि त्यसैको चपेटामा परेर अहिले लकडाउनको अवस्थामा छ, त्यस्को फलस्वरुप दैनिक ज्यालामजदुरी गर्ने परिवारहरुलाई सबै भन्दा धेरै सम्स्या परेको छ ।

त्यसैलाई मध्यनजर गरेर धरान नाट्यघर निर्माण उपभोक्ता समितीका रङकर्मी, चलचित्रकर्मी, चलचित्र निर्माता तथा कलाकार किशोर सम्बाहम्फे, ह्वाइट हाउस धरान र विजयपुर बचत तथा ऋण सहकारी संस्था प्रा.लि.को सयुक्त आर्थिक संकलनबाट धरान उ.म.न. पालिका वडा न.१५ का शिवगंगा बस्तीमा रहेका १०३ घरका बिपन्न परिवारलाई सोही वडाका अध्यक्ष नरेश इवारम ज्युको संयोजक्तामा पहिलो चरणको खाद्यन्न सहयोग बितरण गरियो ।

अबको दोस्रो चरणको राहत बितरणमा सम्पूर्ण सहयोगी मनहरुलाई हाम्रो यस आभियानमा जोडीन आव्हम गर्दछौ ।