काठमाडौ बाहिर जान चाहानेलाइ २ दिनको समय।

समाचार डेस्क/लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेको छ ।साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृह मन्त्रालयले योजना बनाउँदैछ ।

सरकारले लकडाउनको समयमा उपत्यकाबाट बाहिर जाने यात्रुहरुका लागि निश्चित मापदण्डसहित जान दिने गृहकार्य भइरहेको हो । लकडाउनको समय बढेसँगै उपत्यकामा रहेका बिद्यार्थी र दैनिक ज्यालादार मजदुरको अवस्था निकै कमजोर बनेको निश्कर्षसहित सरकारले घर जान चाँहनेहरुका लागि स्थानीय तहसँग समन्वय गरी जान दिने निर्णयतर्फ समिति पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial