हुने खानेले पनि राहत पाएको छन र मजदुरी गरि खानेले भने राहत नपाएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी विरोध।

समाचार डेस्क/ दमक नगरपालिकामा एकसाथ राहत वितरण शुरु भएपछि यस बिषयमा सकारत्मक तथा नकारत्मक टिकाटिप्पणीहरु शुरु भएकाछन् ।हुनेखानेले पनि राहत पाएको र हुँदा खानेले भने राहत नपाएको भन्दै सामाजिक सञ्जालमा विरोध शुरु भएको छ ।

वास्तविक मजदूर तथा गरिवले राहत नपाएको भन्दै बिपक्षि दलका स्थानीय नेता कार्यकर्तादेखि लिएर स्वयं जनप्रतिनिधि निकाटकाहरुले समेत गुनासो गरेकाछन्।पार्टीभन्दा माथि उठेर राहत वितरण गर्न माग गरिएको छ ।

नेपाली काँग्रेस वार्ड नं. ४ छाया वडा सरकारका संयोजक राजेन्द्र भट्टराईले राहतमा विभेद गरेको बताएकाछन् ।उनले सामाजिक सञ्जालमा आफ्नो बिज्ञप्ति हाल्दै राहत वितरण निष्पक्ष नभएको भन्दै विरोध जनाएको पाईएको हो ।

काँग्रेस नगर सभापति रोशन विष्टले पनि बिज्ञप्ति जारी गर्दै राहत वितरणमा भेदभाव नगर्न भनेकाछन्।उनले राहत वितरणमा काँग्रेसको पनि सहभागिता हुनुपर्ने बिज्ञप्तिमा जोड रहेको छ।सामाजिक सञ्जालमा सकारत्मक र नकारत्मक दुबै खालका टिप्पणिहरु आउने क्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial