
समाचार डेस्क/आज दमक ४ वार्ड कार्यलयले आफ्नो वडामा रहेको बिपन्न बर्ग,ज्याला दारी गरेर खाने १७४ घर परिवारलाई खाद्यान्न बितरण गरेको वार्ड अध्यक्ष कुमार सम्सोहाङले बताए।
१७४ घर परिवारलाई हामीले परिवारको संख्या हेरेर चामल,तेल,नुन,चिउरा लगायत खाद्यान्न सामग्री बितरण गरेको वार्ड सदस्य मणिराज धिमालले बताए।
बिश्वमा कोरोनाको महामारीले त्रासित बनाइरख्दा नेपालमा पनि अहिलेसम्म ७ जना कोरोना संक्रमित ब्यक्ति भेटिएको र सरकारले पनि बिगत ११ गतेबाट लकडाउन घोषण गरेको साथै यो लकडाउन बढ्न सक्ने संकेत आएको हुदा हामीले राहत बाढेको हौ कुमार साम्सोहाङले बताए।