दमकमा काङ्ग्रेसको सहयोग।

सरकारले (कोभिड १९ ) कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सहयोग पुरयाँउन दमक नगरपालिकालाई आज नेपाली कांग्रेस दमकले रु १ लाख ५० हजार वढी सहयोग उपलव्ध गराएको छ ।
नगरपालिकाले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिलाई कांग्रेसले नगद रु १ लाख ५१ हजार ५ रुपैयाँ प्रदान गरेको छ ।


पार्टीले १० वटा वार्ड समितिबाट संकलित एकमुष्ट रकम नगर सभापति रोसन बिष्टसहितको टोलीले आज नगरपालिका पुगेर नगर प्रमुख रोमनाथ ओली , उप प्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना लगायतलाई सो रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेसका महासमिति सदस्य दिलबहादुर वुढाथोकी,महाधिबेशन प्रतिनिधि घनेन्द्र सुब्बा लगायतका नेता,कार्यकर्ताहरुको उपस्थिति रहेको नगर सहसचिव दिपेश दाहालले जानकारी दिए ।
नगरपालिकाकी प्रवक्ता उपप्रमुख गीता अधिकारीका अनुसार कोषमा हालसम्म रु १० लाख बढी रुपैयाँ नगद र विभिन्न किसिमका खाद्यान्न जिन्सी सामाग्रीहरु प्राप्त भएको छ । कोषमा उपलव्ध हुने जिन्सी तथा रकम नगरपालिकाले दैनिक प्रतिवेदनका रुपमा सार्वजनिक गरिआएको छ ।
कोषमार्फत प्राप्त भएका रकम तथा खाद्यान्न सामाग्रीहरु कोरोना भाइरस रोकथाम तथा लकडाउनका कारण हाममुख जोड्न धौधौ परेका विपन्न बर्गलाई एकद्धार प्रणालीमार्फत बितरण गर्ने योजनाका लागि एक कार्यदल समेत गठन गरिएको जनाइएको छ ।
नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न दमक ४ स्थित दाहाल प्रतिष्ठानको भवनमा ५६ शैयाको क्वारेन्टाईन सञ्चालनमा ल्याएको छ । त्यस क्वारेन्टाइनलाई थप वृद्धि गरि १०० शैया बनाउने समेत तयारी गरिएको प्रवक्ता अधिकारीले वताईन् । क्वरेन्टाइनमा बसेकाहरुको स्वास्थ्य जाँचमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डाक्टर नविन ढकालसहितका स्वास्थ्यकर्मीहरु परिचालित भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकाले दमक अस्पतालमा फिभर क्लिनिक मार्फत विरामीहरुको उपचार समेत गरिआएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial