काङ्ग्रेस नेता खड्काको मजदुरलाई सहलाइ।

इलाम । लकडाउनले मजदुर र बिपन्न बर्ग समस्या परेको भन्दै नेपाली कांग्रेसका युवा नेता तथा इलामका सक्रिय समाजसेवी डम्बर खड्काले इलाम बजार आसपासका क्षेत्र सहित जिल्लाका १० वटै स्थानीय तहमा काम गर्ने मजदुर र बिपन्न बर्गलाइ २० हजार किलो ग्राम चामलसहित नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका छन् ।

बिश्वमा महामारीका रुपमा देखा परेको कोरोना भाईरस(कोभिड१९)को प्रकोपपछि नेपालमा लगाइएको लकडाउनका कारण्म जिल्लाका १० वटै स्थानिय तहमा काम गर्ने मजदुर र बिपन्न बर्गलाई खड्काले स्थानीय तहका जनप्रतिनिधि स्थानीय बुद्धीजिबी मार्फत बितरण गरिएको हो ।

खड्काले २० हजार किलोग्राम(५०० मन) चामल, नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका हुन् । खड्काले जिल्लाका बिपन्न परिवारमा लकडाउनका कारण समस्या भएकाले ब्यतिगत रुपमा उक्त सामग्री बितरण गरिएको बताए ।

खड्काले करिव २१ लाख बराबरको सामग्री बितरण गरिएको बताउँदै जिल्लाका बिभिन्न स्थानमा अवस्था हेरी थप सामग्री बितरण गर्ने जानकारी दिए । खड्काले लकडाउन हुनु अघी काठमाडौबाट इलाम फर्कनेहरुका लागि सवारी समेत उपलब्ध गराएका थिए ।

नेबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका नेता खड्काले जिल्लामा अप्ठ्यारो परेका गरिव असाहयलाई सहयोग गर्दै आएका छन् । उनले बिरामी भई अस्पतालमा उपचार गराउन नपाएका देखि बिदेशमा अलपत्र परेका नेपालीलाई समेत सहयोग गर्दै आएका छन।

खड्काले जिल्लाका मठ मन्दिर, गुम्बा लगायतका धार्मिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् भने बिभिन्न स्थानमा सडक निर्माण लगायतका काममा समेत सहयोग गर्दै आएका छन् ।

खड्काले पछिल्लो समय सूर्योदय नगरपालिकाको पालटाँगे र छिपीटारको बिचमा ५० फुट अग्लो बुद्धको मूर्ति धातुबाट निर्माण गर्ने कार्य समेत सुरु गरेका छन् । खड्का इलाममा सन्चालित चियाबारी एफएमका अध्यक्ष तथा निर्माण ब्यवसायी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial