जनमुक्ति पार्टीले दमौली अस्पताललाई स्वास्थ सामग्री हस्तान्तरण गर्यो।

न्युज ब्युरो,तनहुँ /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(Covid 19) को प्रभाव र जोखिम बाट बच्न राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद्को “कोरोना विपद्, उद्दार तथा राहत कोष” मार्फत प्राप्त (महावीर पुन द्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्र द्वारा निर्मित) स्वास्थ्य सामाग्री पिपिई राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद् सदस्य एवं तमुवान मगरात (गण्डकी) प्रदेश अध्यक्ष मन्धरी अालेले अस्पतालका प्रमुखलाई हस्तान्तरण गर्नुभयो । उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न पार्टी संघीय परिषद् सदस्य एवं तमुवान मगरात (गण्डकी) प्रदेश अध्यक्ष मन्धरी अाले, उपाध्यक्ष मिना थापा, तनहुँ जिल्ला सचिव सिजन थापा, व्यास नगर समितिका निवर्तमान अध्यक्ष शेर बहादुर ढेंगा लगायतको उपस्थिति रहेको थियो । अस्पतालका प्रमुखले उक्त पिपिई ग्रहण गर्दै यस्तो परिस्थितिमा पार्टीले गरेको उक्त सहयोगको प्रसंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

साथै विश्व भरी तिब्ररुपमा फैलिएको कोरोना भाइरस (कोविड्-१९) बाट सक्रमित संख्या-५७ जना कोरोना पुषटी भैइसकेको छ । तसर्थ आम सर्बसाधारण नागरिकले उच्च सतर्कताका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने सरकारले जारी गरेको नियम पालना गरौ भन्दै समाजसेवी तथा (गण्डकी) प्रदेश अध्यक्ष मन्धरी अाले मगरले बताए । साथै अत्यावश्यक काम नपर्दासम्म घरमै बस्न, भीडभाडमा नजान, अपरिचित ब्यक्तिहरु आवतजावतमा निगरानी राख्ने, घर बाहिर जादा मास्क अनिवार्य लगाउने, साबुन पानी हात मिचिमिची धुने जस्ता कार्य गर्न वडाबासी लाई सुझाएको बताए । यो महामारीको बिपत घडीमा सहयोगी बनौ । सबैले आ आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्न पनि अनुरोध गर्न उपाध्यक्षय मिना थापा मगरले आग्रह पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial