राष्ट्रिय जनमुक्ति पार्टीले दियो तेल्घा स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्री ‘पिपीई’ ।

न्युज ब्यूरो/तेल्घा, पाल्पा । राष्ट्रिय जनमुक्ति पार्टीका स्थानिय नेता समाजसेवी टोप बहादुर अस्लामी मगरको पहलमा पाल्पा तानसेन नगरपालिका वार्ड नं १० ‘तेल्घा स्वास्थ्य चौकी’ लाई विश्वस्तरमैं महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न स्वास्थ्य सामाग्री ‘पिपीइ’ प्रदान गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदको “कोरोना विपद,उद्वार तथा राहत कोष” मार्फत प्राप्त उक्त सामाग्री पार्टीका जनसंगठन जनमुक्ति युवा महासंघका केन्द्रिय सदस्य बिरेन्द्र अस्लामी मगरको उपस्थितिमा वडा नम्बर १० स्थित तेल्घा स्वास्थ्य चौकिमा गई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै युवा नेता बिरेन्द्र अस्लामीले राष्ट्रिय अविष्कार केन्द्र (महाविर पुन) द्धारा निर्मित पिपिई हस्तान्तरण गरिएको बताए । उनले अहिले कोरोनाको महामारीको बेला लक डाउनले गर्दा जनतामा रोग र भोक लागेको बेला सम्पूर्ण राजनीतिक दल लयायत संघसंस्थाहरुले भोकलाई मात्र प्राथमिकता दिएकाले जनमुक्तिले रोग संँग लड्न आवश्यक पर्ने पिपिई हस्तान्तरण गरिएको बताए ।

हाल नेपालमा कोरोना भाइरस (कोविड्-१९) बाट सक्रमित संख्या-५७ जना कोरोना पुषटी भैइसकेको छ । आम सर्बसाधारण नागरिकले उच्च सतर्कताका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने सरकारले जारी गरेको नियम पालना गरौ भन्दै समाजसेवी टोप बहादुर अस्लामी मगरले बताए । साथै अत्यावश्यक काम नपर्दासम्म घरमै बस्न, भीडभाडमा नजान, अपरिचित ब्यक्तिहरु आवतजावतमा निगरानी राख्ने, घर बाहिर जादा मास्क अनिवार्य लगाउने, साबुन पानी हात मिचिमिची धुने जस्ता कार्य गर्न वडाबासी लाई सुझाएको बताए । यो महामारीको बिपत घडीमा सहयोगी बनौ । सबैले आ आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्न पनि अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial