जनमुक्ती पार्टीले धरान बिपि स्वास्थ बिज्ञान प्रतिस्ठानलाई गर्यो सहयोग।

न्युज ब्यूरो,धरान/राष्ट्रिय जनमुक्ति पार्टीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरुको लागि १० थान पिपिई हस्तान्तरण गरेको छ ।

पार्टीको धरान उपमहानगर कमिटीले पार्टीको संघीय परिषदको कोरोना विपद, उद्दार तथा राहत कोषमार्फत उपलब्ध भएको पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट प्रतिष्ठानलाई आज हस्तान्तरण गरेको हो । पार्टीका केन्द्रीय सचिव विष्णु थाम्देनले उक्त १० थान पिपिई प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेका थिए ।

पार्टीका धरान अध्यक्ष चित्र थापा मगरका अनुसार पार्टीको केन्द्रीय राहत कोषमार्फत प्रदेश एकका थुप्रै स्थानीय तहमा पिपिई सहयोग आएको छ । त्यसमध्ये धरानको वीपी प्रतिष्ठानको लागि १० थान उपलब्ध गराइएको हो । प्रतिष्ठानमा हालै १०० बेडको कोभिड १९ अस्पताल सञ्चालनमा आएको छ । अध्यक्ष मगरका अनुसार महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले तयार गरेको पिपिई सहयोग गरिएको हो । ‘वीपीका डाक्टरहरुले पनि हेरेर ठिक छ भनेपछि मात्र हस्तान्तरण गरिएको हो,’अध्यक्ष थापाले भने । हस्तान्तरण कार्यक्रममा केन्द्रीय सचिव थाम्देनसँगै नगर अध्यक्ष थापा, नगर सल्लाहकार डा.किशोर गुरुङ, किशोर खड्गी,जनमुक्ति युवा महासंघका धरान अध्यक्ष मणी राई इना पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial