छ जना मिलेर साठी घरलाइ राहत बितरण।

न्युज ब्युरो,काठमाडौ/ कोरोना भाइरस (कोभिड-१९)का कारण सरकारले देश नै लकडाउन घोषण गरेको आज एक महिना पाच दिन भएको छ।सरकारले यसै बिचमा एक चरणको राहत पनि बाडि सकेको छ भने यता फेरि बिहान,बेलुकाको छाक जुटाउन/टार्न ज्याला मजदुरी गरेर खानेहरु अब के खाने भन्नेमा चिन्तित भै बसेका छन।यसै क्रममा साठी भन्दा बढी घर परिवारलाइ काठमाडौ अञ्जना चौक बौद्ध-६मा बस्ने ६ जना दानबिरहरुले सार्वजनिक नहुने सर्तमा खाद्यवस्तु बितरण गरेका छन।

खाद्यान्न सामग्री बितरण गर्नेमा मिलन लामा,जमुना शेर्पा,अञ्जना फर्निचर,फुलमाया लमिनि ,खण्डो शेर्पा,र लाक्पा शेर्पा रहेका छन।लाक्पा शेर्पाका एक परिवार बराबर १० केजि चामल १ केजि दाल आदा केजि मसौरा जम्मा चामल ६०० केजि बितरण गरेको छन।उक्त राहत आफुहरुले मिलेर ब्यक्तिगत हिसाबले यो कठिनाइको घडीमा अति बिपन्न परिवारको चुलो बलोस भन्ने मानबियताको  हिसाबले प्रदान गरिएको बताउनु भयो।

यश क्रममा ज्याला,मजदुरी,गरिखाने श्रमिकको जनजीवन कष्टकर बनेको छ भने देशको अर्थतन्त्रमा समेत प्रत्येक्ष असर परेको छ।तर कोभिड-१९ सर्ने रोग भएकोले संक्रमण फ़ैलिन नदिन अर्को विकल्प के हो?र यसको औषधि पनि नबनिसकेकाले उच्च सतर्कता अपनाउनु र लकडाउनको विकल्प नरहेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial