जनमुक्ति पार्टीले इटहरी उपमहानगरपालिकालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्यो ।

समाचार डेस्क/ईटहरी । राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रिय राहत कोसको तर्फबाट पार्टी संघीय परिषद सदस्य तथा समाजसेवी कर्ण बिक्रम तुम्हाम्फेको पहलमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वस्तरमैं महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न पीपीई र प्लास्टिकको भाईजर र मास्क हस्तान्तरण गरिएकाे छ ।

महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोकथाम को लागि सरकारले जारी गरेको लकडाउन को पूर्णरुपमा पालना गरौ, आफु पनि बचौ, अरुलाई पनि बचाउ तुम्हाम्फेले अनुरोध पनि गरे ।
नेपालमा कोरोना भाइरस (कोविड्-१९) बाट सक्रमितकाे संख्या-५२ पुगेको छ । तसर्थ अत्याबश्यक काम नपर्दासम्म घरमै बसौ, भीडभाडमा नजाउ, किनमेल गर्दा सोसल दुरी कायम गरौ, घर बाहिर जादा मास्क अनिवार्य लगाउने, साबुन पानी हात मिचिमिची धोऔ र यस्ती माहामारीको बेला साहयोगी बनौ । पार्टीले सबै तहमा अनुरोध पनि गरेको छ । स्थानिय स्वास्थ्य चौकी लगायत अस्पतालमा पनि सक्दो स्वास्थ्य सामाग्री बितरण गर्ने सघिय परिषदका सचिब बिष्णु थाम्देनले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial