
समाचार डेस्क/चैत्र १७, दमक । दमकमा रहेको आस्था कलेज अफ मेनेजमेन्ट दमक झापाले आफ्ना कलेजमा अध्ययनरत दमक बाहिरका विद्यार्थीहरुलाई राहत वितरण गरेको छ।
कोरोना कोभिड १९ का कारण लक डाउनको अवधी लम्बिएपछि दमक बाहिर घर भई दमकमा डेरा गरि बसेका र घर जान नपाएका विद्यार्थीहरुलाई तत्कालका लागि सो कलेजले प्रति विद्यार्थी १० किलो चामल, १ किलो दाल, १ किलो नून १ लिटर खाने तेल र सावुन लगायतका अति आवश्यकीय सामग्री उपलब्ध गराएको छ ।
दमकमा सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो कलेजले यस विसम परिस्थितिमा विद्यार्थीहरुको मनोवल उच्च राख्दै विद्यार्थीहरुसँग निरन्तर फोन संवाद र सामाजिक सञ्जालबाट विद्यार्थीहरुलाई विभिन्न प्रकारका सल्लाह सुझाव पनि दिँदै आईरहेको कुरा कलेजका सहायक क्याम्पस प्रमुख टीका अधिकारीले बताए ।
बिश्व माहामारीका बेला विद्यार्थीहरुमा कुनै पनि असर नपरोस् र विद्यार्थीहरुले आफू अभिभावक विहीन भएको महसुस पनि गर्न नपरोस् भनेर कलेजले आफ्नो दायित्ववोध गरि आफ्ना विद्यार्थीहरुलाई राहत वितरण गर्ने क्याम्पस प्रमुख टेकनाथ भण्डारीले बताए ।