कोरोना भाइरसका चौथो संक्रमित भेटियो।

समाचार डेस्क/काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिडा-१९) को चौथो संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन्। डा. देवकोटाका अनुसार संक्रमित व्यक्ति सेति प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए।

‘उनी धनगढी प्रादेशिक अस्पतालमा उपचाररत छन्’, देवकोटाले भने, ‘उनको अवस्था सामान्य छ। ३४ वर्षीय नेपाली पुरूषको टेकु अस्पतालमा परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको हो।’

उनले थपदै भने अहिले सम्म ८०३ जनाको रगत जाँच गरिएको छ त्यस मध्य ७९९ जनाको नेगेटिभ देखियो भने चार जनामा पोजिटिभ देखिएको छ।त्यस मध्य १ जना निको भएर घर फर्किसकेको र ३ जना उपचाररत रहेको डा.देवकोटाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial