
समाचर डेस्क/ बुटवल उपमहानगरपालिका भित्र बसोबास गर्दै दैनिक ज्यालादारी र मजदुरी गरेर साझविहानको गुजारा गर्दै आएका अति विपन्न परिवारलाई लकडाउनका कारण भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई मध्यनजर गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष थर्क बारघरे मगरले आफु मातहातका सबै वडा अध्यक्षहरुलाई फोन संपर्क गरी सम्बन्धित वडा मातहातको ईकाइ टोलको बस्तुस्थिती बुझन जानकारी गराएका छन ।
यस्तो आपत बिपतमा राज्यले वा स्थानिय सरकारले सबै क्षेत्र-तह सम्म हेर्न नसक्ने भएको हुँदा नगरमा कृयाशिल सबै राजनीतिक दल, सामाजिक संघ संस्था लगायत अन्य निकायहरु बेलैमा जागरुक र तयारी रहन बार्हघरेले आह्वान गर्नु भयो। बिहान घर नजिकै मर्निङ्ग वाक निस्कदा स्थिती सुनसान भएता पनि दैनिक ज्यालादारी र मजदुरी गर्दै जिवीकोपार्जन गर्दै आएका विपन्न परिवारकोस्थिती नाजुक रहेको बारघरेले संघिय एक्सप्रेसलाई बताएका छन ।
उता प्रदेशसरकारले आपतविपद् व्यवस्थापन कोषको आह्वान गरेता पनि तत्काल स्थानिय गरीबगुरुबाको घरदैलोमा पुग्न नसक्ने स्थिती रहेको हुँदा बिपन्न परिवारलाई तत्काल दाल, चामल, लगायतका खाध्यन्न् सामाग्री संकलनमा जुट्न सबैलाई आग्रह गर्नु भएको छ । यस्तो आपतबिपतमा सहयोगमा जुट्नु भनेको सबै भन्दा ठुलो मानबिय धर्म हुने बारघरे ले बताए । साथै कोरोना भाईरस बाट जोगिन सबै भन्दा राम्रो उपाय नै घरमा बस्ने यो नै उत्तम बिधी रहेको हुँदा सबै महानुभावहरुले सेल्फ क्वारान्टाइनमा बसौ । विश्वस्वास्थ्य संगठन WHO को सल्लाह अनुसार साबुन–पानीले हात धोईराखौ । सेनिटाइजरको प्रयोग गरौ । यदी बाहिर निस्कनु पर्ने अवस्थामा अनिबार्य मास्क लगाऔ । खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाक्नुपर्छ । आँखा, नाक र मुखमा हात नलगाउने जस्ता सुझाब सल्लाह पनि दिएका छन ।