महालक्ष्मी बिकास बैंकको सहयोगमा लायन्स/लियो कलब दमक गोल्डले रक्तदान कार्यक्रम सम्पन्न गर्यो।

समाचार डेस्क- लायनस/लियो कलब दमक गोल्डले बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण रगतको अभाव पर्न सक्ने भन्दै महालक्ष्मी बिकास बैंकको सहयोगमा लकडाउनको अवसर पारी दमक स्थित रेडक्रसको शाखामा २ दिने रक्तदान कार्यक्रम संचालन गरिएको अध्यक्ष प्रबेश बस्टाकोटिले बताए।उनले थप्दै भने इच्छुक ब्यक्तिले १ सातासम्म क्लबको नाममा रक्तदान गर्न सक्ने लियो क्लबका अध्यक्ष प्रबेश बस्टाकोटिले बताए।

चैत्र ९ र १० गते मात्र जम्मा ४८ पिन्ट रगत संकलन गरेको र यो कोरोना भाइरसले संसारलाई आतंकित बनाइरखेको समय भए पनि रगत दिन इच्छुकले यो हप्ता भरी 9825901176/९८२५९०११७६ मा सम्पर्क गरेर रेडक्रस शाखा दमकमा भिड भाड नगरी रगत दिन सकिने ब्यबस्थापन मिलाएको बस्टाकोटिले बताए।

त्यस्तै देश भर १०२ शाखा मार्फत बितिय सहयोग गर्दै आएको महालक्ष्मी बिकास बैंकले आगामी दिनमा पनि सकारात्मक र रचनात्मक सामाजिक कार्यमा सहयोग गर्ने बैंकका दमक शाखा प्रबन्धक बिदुर कोइरालाले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial