मगर समाजमा प्रचलित डेसान पुजा र काेराेना

लेखक:पुर्ण राना मगर

१. डेसान पुजा
मगर भाषामा डेसान भन्नाले महामारि राेग हाे । मगर गाउँमा महामारीको रूपमा फैलिने राेग अाउँदा डेसान पुजा गर्ने चलन थियाे । राेगलाई निमिट्यान्न पार्न भनेर पुजा गर्ने वा धुपधुवाँर गर्ने चलन थियाे । पुजापाठ भन्नाले अनुशासनमा बस्ने भनेकाे हाे । मानिसले अरू कुरा गरि अनुशासन नमान्ने भएकाेले भगवान साक्षि राखि पुजापाठ वा धुपधुँवार गर्ने चलन चलाएकाेले मगर समाजमा राेगकाे महामारी अाउँदा डेसान पुजा गर्नुपर्ने चलन बसालेकाे हुनसक्छ । महामारि भन्नाले खुरेट(गाईबस्तुलाई लाग्ने एक प्रकारको महामारि राेग), हैजा, बिफर, खपट्या( टि. बि.), पखला, ज्वरो अादि राेगलाई महामारीलाई बुझाउँछ । अहिलेकाे याे काेराेना केके रागकाे लागि पनि डेसान पुजाकाे अावश्यक देखिएकाे छ ।

२. गाउँमा अाउने बाटाेमा भाँजाे हाल्ने(लकडाउन)
माहामारी फैलिंदा मगर समाजले एक गाउँबाट अर्काे गाउँमा जान नदिने चलन थियाे । अाफ्नाे गाउँमा अरू गाउँकाे मानिस पनि नअाअाेस र अाफ्नाे गाउँकाे मानिस पनि अर्काे गाउँमा नजाअाेस भनेर बाटोमा भाँजाे हाल्ने चलन थियाे । यसरी भाँजाे वा लकडाउन मानिसलाई मात्रै लाग्ने राेग नभई पशुपंछीलाई लाग्दा पनि गर्ने गर्दथ्याे । किनकि राेग भएकाे गाउँबाट मानिस अायाे भने राेग फैलिन्छ भन्ने डरले बाटाेमा छेकबार वा भाँजाे हाल्ने प्रचलन थियाे । यसरी राेगकाे महामारी फैलिएकाे बेलामा चिल्लाे चाप्लाे वा राेटिपाेलि गरेर बारा, राेटि, मासु लिएर माईति जान वा एक गाउँबाट अर्काे गाउँमा जान नपाउने चलन थियाे ।

३. छाप्राे वा अाेडारमा बिरामी राख्ने चलन(अाईसाेलेसन)
हैजा, बिफर, खपट्या टि. बि. राेग लागि हाल्याे भन्याे बिरामिलाई टाढा बारिमा छाप्राे बनाएर राख्ने चलन थियाे ।कतिपय महामारिले ग्रसित बिरामीलाई अाेडारमा लगेर राख्ने चलन थियाे । त्यहि छाप्राे वा अाेडारमा टाढैबाट खाना र पानी लगेर बिरामिलाई दिने चलन थियाे । यसरी राख्दा कतिपय बिरामि अाफै सञ्चाे हुने गर्दथ्याे । भने कतिपय बिरामि सञ्चाे नभएर मर्ने गर्दथ्याे । यसरी मरेकाेलाई सुरू सुरूमा गाउँलेहरूले लगेर सतगद गर्ने चलन थियाे । तर पछि पछि धेरैनै मरेपछि ती गाउँलेले अन्त्यष्टि नगरेर कसैलाई बनकै अाेडारमै छाेडिदिने चलन थियाे । यसरी मरेकाे ठाउँलाई अाजभाेलि दमिनि अाेडार, सार्की अाेडार, मगर अाेडार अादि भन्ने चलन अद्यावधिक छ । त्याे अाेडारमा जाँदा थाेत्राे भाँडाकुँडा पनि भेट्टाउँछ ।

४. क्रिया बस्नु(क्वारेन्टाइन)
राेगले असाध्यै महामारि लिएपछि कसैले पनि कसैकाे लास नछुने गर्दथ्याे । र अाफ्नै घरकाे जाहानले मरेकाे व्यक्तिलाई डाेकाेमा हालेर डाँडातिरबाट फालिदिने गर्दथ्याे । सायद यसै कारणले गर्दा तेह्र दिन क्रिया बस्ने चलन भएकाे हुन सक्दछ । जुन अहिले चाैध दिने क्वारेन्टाईन भन्ने गरेकाे छ । यसरी अाफ्नाे परिवारकाे सदस्यलाई फालेर अाए पछि लास फालेर अाउने छाेरा वा बाबाले क्रिया बस्नु पर्दथ्याे । क्रिया बस्नेले अनिवार्य नुहाएर अाफैखाना पकाएर खाने गर्दथ्याे। क्रियापुत्रले अाफुले खाएकाे भाँडा अाफैले धाेई घाेप्टाे पारि सुकाउने चलन थियाे । अाफ्नाे कपडा अाफै धुने चलन थियाे । क्रियापुत्रि एक्लै बस्ने गर्दथ्याे । क्रिया बस्ने व्यक्तिले कसैलाई पनि छुन हुँदैन थियाे । भने अरूले पनि क्रिया बस्ने मानिसलाई छुन हुँदैन थियाे । परालमा सुत्नु पर्दथ्याे । समान्यत: क्रिया बस्ने मानिस वा लास फाल्न मलामि अाफै जाने चलन अझैसम्म छ । सायद १३ दिन क्रिया बस्ने खास कारण लास बाेकेर लाने मान्छेनै क्रिया बस्ने भएकाेले साे व्यक्तिलाई महामारि लागेकाे वा नलागेकाे प्रमाणित गर्नकाे लागि तेर्ह दिन क्रिया बस्ने चलन चलाएकाे हुनसक्छ ।

५. वैज्ञानिक अाधार
मगर समाजमा प्रचलित चलनहरू हेर्दा विज्ञान र प्रकृतिसँग मिलेकाे देखिन्छ । हिजाे बाबा अामाले बच्चा जन्मिने बित्तिकै नाभि वा गर्भनाल काटेर राख्ने चलन थियाे । बच्चाहुँदा हामीले सुकेकाे नाभिलाई अाैषधि हुन्छ भन्ने विश्वासले अामाकाे गुन्याेकाे टुक्रामा जन्तर बनाएर लगाउने चलन थियाे । अाजभाेलि विकसित देशमा बच्चा जन्मने बित्तिकै नाभि वा गर्भनाल(Umbilical Cord)लाई काटेर स्टिमसेल बेङ्किङमा राख्ने चलन छ । त्यहि नाभि वा नाईटाेलाई स्टिम सेल बैङ्किङमा राखेर स्टिम सेल निकाल्ने चलन छ । जुन सेलले ब्रेन ड्यामेज हुँदा, सुगर, पक्षघात राेगमा काम लाग्ने मेडिकल साईन्सकाे अध्ययनले देखाएकाे छ । तर सुकेकाे नाभि वा नाईटाेले भने स्टिम सेल बैङ्किङमा राखेकाे नाभिलेझैं केहि काम गर्दैन । यसरि स्टिम सेल बनाउने विधि वा प्रक्रिया हिजाे नाभि काटेर राख्ने प्रचलनकाे विकसित रूप हाे ।

त्यहि नाभिमा भएकाे स्टिम सेल जस्ताे स्टिमसेल कहाँ पाउँछ भनी खाेज अनुसन्धान गरि स्विटजरल्याण्डकाे मिबेलिबायाेकेमेस्ट्रि ( Mibellebiochemestry) कम्पनिले फाईटाे टेक्नाेलाेजि(Phyto Technology) प्रयाेग गरि चारवटा फल साेलर भिटिस ग्रेभ, म्यालस डाेमिस्टिका, टाेमेटाे (साेलानम लिकाेपर्सिकम) र अका बेरिबाट स्टिम सेल पाएर उत्पादन गरेकाेछ । साे उत्पादनकाे नाम क्रिस्टल सेल(Crystal Cell) ले परिचित छ । जुन स्टिम सेललाई द अाेरिजिन अफ स्टिम सेल (The Origin of Stemcell) भनिन्छ । याे क्रिस्टलसेलकाे प्रयाेगले मधुमेह, क्यान्सर, प्रेशर, म्याक्युलर डिजेनरेशन, मुटुराेग, बाथ, हाडजाेर्निकाे राेग, पायल्स, किड्नि राेग,माईग्रेन, युरिक एसिड, थाईराईड लगायत ३६ वटा राेगलाई निकाे पार्ने जनाएकाेे छ ।

तसर्थ अब मानिसले पुर्खाहरूले गरेकाे विविध कार्यकाे प्राकृतिक र वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने बेला अाएकाे हाे कि!

लेखक पूर्ण बहादुर राना
भाषाविद एवं राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन नेपाल विद्यार्थी माेर्चाका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial