झापाको तीन जनालाइ क्वारेन्टाइनमा रखियो।

समाचार डेस्क/झापाको कमल गाँउपालिकाले कोरोना भाइरसको संक्रमण हुन सक्ने जोखिमबाट सावधानी अपनाउनका लागि १५ वेडको क्वारेन्टाइन निर्माण गरेको छ । तोपगाछीस्थित केर्खा वजारको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा आज विहान १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले वताउनुभयो । क्वारेन्टाइन निर्माण गर्न गाँउपालिकासहित स्थानीयहरुले सहयोग पुरयाँएका थिए।

उहाँका अनुसार निर्माण गरिएको क्वारेन्टाइनमा ५ महिला सहित १५ वेड राखिएको छ ।त्यहाँ कोरोना भाइरसको संक्रमण हुन नदिन प्रभावितहरुलाई राख्न तयारी गरिएको उहाँले वताउनुभयो।क्वारेन्टाईनमा कोरोना भाइरस संक्रमण हुन नदिन पूर्व तयारी स्वरुप स्वास्थ्यकर्मीसहित अन्य आवश्यक भौतिक सामाग्रीहरु समेत राखिने गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले वताउनुभयो ।

तीन जना क्वारेन्टाइनमा

विदेशबाट भर्खरै नेपाल आएका झापाका अन्य तीन जनालाई आजदेखि जिल्लाको चन्द्रगढीस्थित क्वारेन्टाइनमा राखिएको छ । झापा ,गौरादह नगरपालिका वडा नम्बर ९ स्थित वैगुनधुराका दुई जना र शिवसताक्षी नपा १०स्थित माईधारका एक जनालाई आज संक्रमणको सावधानी स्वरुप क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले वताउनुभयो । प्रहरीले तीनै जनालाई संक्रमण हुनवाट जोगाउन क्वारेन्टाइनमा पठाएको उहाँले जानकारी दिनुभयो। स्रोत:Bishnu Poudel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial