समाचार डेस्क/राष्ट्रिय जनमुक्ति पार्टी निकट नेपाल बिद्यार्थी मोर्चाले अहिले बिश्वमा कोरोनाले आतंक मचाइरहदा नेपाल सरकार मौन बस्न नहुने बताएको छ।बर्तमन समयमा देशको स्थिति हरेक कुराले नाजुक भैरहदा कालो बजारी जस्तो जघन्य अपराध हुने हुदा त्यता पनि ध्यान दिनु पर्ने मोर्चाका अध्यक्षले बिज्ञापति मार्फत बताएका छन। उनले साथमा नेपाललाइ लकडाउन गर्नु पर्ने कुरा पनि बताएको छन।

नेपाल बिद्यार्थी मोर्चा केन्द्रिय कार्यसमितीको अध्यक्ष पुर्ण राना मगर हस्ताक्षरीत प्रेश बिज्ञापति तथा अपिल चैत्र ४ गते प्रकाशित यश अनुरुप छ:
“Save Nature for Future”
१. विश्वबाट काेराेना निर्मुल नभएसम्म नेपाललाई नै लकडाउन गर ।
२. व्यापार व्यवसाय बन्द भईन्जेल सम्म घरभाडा र वित्तीय संस्थाका किस्ताहरू व्यापार नभएकाे महिनाकाे मिनाहा गर ।
३. प्राकृतिक श्राेतकाे राम्राे परिचालन गरि सदुपयाेग गर ।
यतिबेला विश्व काेराेना भाईरसबाट अाक्रान्त र त्राहिमाम छ । याे समय र माैसम अनुसार प्रकृति वा भगवानले पठाएकाे राेग हुन सक्दछ । कारण मानव जातिले अन्य बनस्पति, प्राणी, किरा, कमिला, भट्याङ्ग्रा, जलचर जस्तै माछाका प्रजातिहरू, पशुपंछि बाेट बिरुवा, खानि, पानी अादिलाई मानव जातिले एकाधिकार रूपमा मनपरि दाेहन गरेकै कारण समय समयमा मानव जातिलाई चुनाैति दिने राेगहरू सङ्क्रमणकाे माहामारि भाेग्नु परिरहेकाे छ । मानिसले जति पृथ्वीका स्राेतलाई अनधिकृत वा लापरबाही तरिकाले दाेहन गरि वातावरण र पर्यावरणलाई प्रदुषण र ध्वस्त पारि रहन्छ तबसम्म प्रकृतिले मानिसहरू जति बैज्ञानिक र बाठाे भए पनि नयाँ नयाँ राेगकाे महामारि सृजना गरिरहनेछ । यसकाे लागि मानव जातिले सन्तुलित र संरक्षित तरिकाले प्रकृतिको श्राेतलाई दाेहन हाेईन सदुपयाेग गर्नु पर्दछ । मानविय अावश्यक्ता भन्दा बढि लाेभ लालच गरि धनी बन्ने हाेडले प्रकृतिकाे सम्पूर्ण स्राेतकाे दाेहाेन स्वार्थपूर्वक तरिकाले प्रयाेग गरिरहेकाे छ । यसाे गर्नु भविष्यका सन्ततिका लागि बैमानि र धाेका हुनेछ । यस्ताे कार्य प्रति नेपाल विद्यार्थी माेर्चाकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । यस्ताे लाेभिपापि र स्वार्थि बिचार र ईच्छालाई विश्वका सबै मानव जातिले त्याग्नु पर्दछ ।
नेपाल लगायत विश्वका सम्पूर्ण मिडिया हबहरूले माेनाेटाेनस तरिकाले काेराेना काेराेना भन्ने समाचार सम्प्रेषण गरिरहेकाे छ । यसरी समाचार सम्प्रेषण गरिरहनु भन्दा सरकारले विश्वबाट काेराेना भाईरस निर्मुल नभएसम्म नेपाललाई लकडाउन(Lockdown) गरिदिनु पर्दछ । अन्य मुलुकबाट सबै हावाई, सडक, पैदल मार्ग पूर्ण रूपमा बन्द गरिनु पर्दछ । र कुुनै पनि देशकाे नाागरिकलाई नेपाल प्रवेशमा राेक लगाउनु पर्दछ । अत्यावस्यक रूपमा नेपाल नभित्रि नहुने व्यक्तिहरूलाई मात्र प्रवेश दिईने र प्रवेशिहरूलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गर्नु पर्दछ । यसाे गरेमा नेपाल सुरक्षित हुन सक्नेछ छ । र व्यापार व्यावसाय हुनेछ । यसाे गर्दा पनि माहामारि फैलियमा देशकाे सम्पूर्ण कार्य बन्द गरिनु पर्दछ । यदि व्यापार व्यावसाय हुन नसक्ने अवस्था दुई वा चार महिना बन्द हुन परेमा व्यापारिहरूकाे घरभाडा जति महिना व्यापार बन्द गरेकाे छ त्यति महिनाकाे घरभाडा मिनाहा गरिनु पर्दछ र वित्तीय संस्थामा किस्ता हाल्न पर्नेलाई दुई वा चार महिना जति व्यापार व्यावसाय बन्द हुन्छ त्यति महिनाकाे किस्ता पछि व्यापार व्यावसाय सामान्य भए पछि राखिने गरि मिलाउनु पर्दछ । व्यापार व्यावसाय बन्द भएकाे महिनाकाे किस्ता वा ऋणकाे जरिवाना गर्नु हुँदैन । अति बिपन्न बिहान खायाे बेलुका के खाउँ भन्नेलाई सरकारले खाद्यान्नकाेे व्यवस्था गरिनु पर्दछ ।यी कार्य सरकारले जिम्मेवार बनि अविलम्ब लागू गर्नु पर्दछ।