पार्टीले कोरोना विरुद्धको सचेतना अभियान संचालन गर्ने।

समाचार डेस्क/राष्ट्रिय जनमुक्ति पार्टीको स्थायी समितिको बिशेष बैठक काठमाण्डूको पार्टी केन्द्रीय कार्यालय चक्रपथमा चैत्र ५ र ६ गते पार्टी अधक्ष्य केपी पालूँगवाको अधक्ष्यतामा बसेको बैठकले समसामयिक परिस्थिति बारे गम्भीर रूपमा छलफल गर्दै बिभिन्न निर्णयहरू गरेको छ।

बैठकले बिस्वव्यापी महामारीको रूपमा देखा परेको कोरोंना ( कोभिड-१९)को सम्भावित जोखिमलाई मध्यनज़र गर्दै त्यसका विरुद्ध आवस्यक सचेतना तथा हातेमालोका लागि पार्टी सम्बद्ध जनशक्ति एवं स्वयंसेवक परिचालन गर्ने निर्णय गर्दै यस्को लागि केन्द्रीय सचिवालय लाई ज़िम्मेवारी प्रदान ग़रेको छ। कोरोंना विरुद्धको सचेतना अभियान अन्तर्गत पार्टीले मातहतका संगठन तथा भात्री संगठनहरूलाई आवस्यकता अनुसार परिचालन गर्ने, मास्क, साबुन, सेनिटाईज़र बितरण गर्ने, संचार माध्यममा सचेतना जिंगल प्रसारण गर्ने, होल्डिंग बोर्ड राख्ने, आवस्यक तालीम दिई स्वयमसेवक खटाउने जस्ता कार्यमा सहयोग पूर्याउने निर्णय गरेको पार्टी अध्यक्षले बताए। त्यस्का साथै, कोरोना महामारीको नाममा भ्रष्टाचार गर्ने, कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्नेहरू विरुद्ध पनि पार्टीले निगरानी बढ़ाउने भएको छ।

   बैठकले वैशाख ६-९ मा गर्ने भनि तय भएको पार्टीको छैठौ महाधिवेशन प्रतिनिधि मूलक रुपमा आगामी ज़ेठ २५,२६ र २७ गते गर्ने निर्णय पनि गरेको हो।पार्टीको आन्तरिक तयारी र कोरोंना महामारीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाधिवेशनको नया मिति तय ग़रिएको पार्टी सचिवालयले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial