धादिङमा जिप दुर्घटना।

समाचार डेस्क/धादिङको थाक्रे गाउँपालिका–७ जुँगेखोलामा एउटा ट्रकले बोलेरो जिपलाइ ठक्कर दिँदा जिपमा सवार ८ जना घाइते भएका छन्।चितवनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना६ख ९५०१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा३च ३१२८ नम्बरको जिपलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट नियन्त्रण गुमाएको बोलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेको थियो ।घाइतेहरुलाई उपचारका लागि काठमाडौँमा रहेको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये थाक्रे गाउँपालिका–१० की ७५ वर्षीया मैया तामाङको अवस्था गम्भीर छ ।

ट्रक चालक नियन्त्रणमा लिएको र दुर्घटना पश्चात फरार रहेका जिप चालकको भने खोजी भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial