जनमुक्तिले भन्यो धन्यवाद।

समाचार डेस्क/विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दो छ । कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । यस्तो परिस्थितीमा कोरोना भाईरस बाट बच्न चीनका प्रख्यात व्यवसायी ज्याक माले नेपालसहित ९ एसियाली मुुलुकलाई कोरोना भाइरस (कोभिड १९) सँग जुझ्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् । चीनका प्रख्यात व्यवसायी ज्याक माले गरेको सहयोगको घोषणा लाई राष्ट्रिय जनमुक्ति पार्टीले सहज् बनाउन नेपाल सरकारले अविलम्ब कुटनैतिक पहल गरी उक्त सामानहरू सहज रूपमा नेपालमा आउने वातावरण बनाईयाेस् भनी पार्टीको अफिसियल पेजमा पोस्ट गरेको छ । साथै ज्याक मा लाई धन्यवाद प्रकट गरेको छ ।

अलीबाबा कम्पनीका संस्थापक (चिनियाँ नागरिक) ज्याक मा ले काेराेना भाईरससंग जुध्नका लागि आवश्यक सरसामान नेपाललाई पनि उपलब्ध गराउने घाेषणा गर्नु भएकाेमा उहाँ प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छाैं । याे घाेषणालाई कार्यान्वयन गर्नका लागि “असजिलो” छ भन्ने उहाँको भनाई आएकाेमा नेपाल सरकारले अविलम्ब कुटनैतिक पहल गरी उक्त सामानहरू सहज रूपमा नेपालमा आउने वातावरण बनाईयाेस् । ज्याक मा ले विश्वभर फैलिरहेको कोरोनाभाइरससँग जुध्न नेपाल लगायत १० राष्ट्र (नेपाल, अफगानिस्तान,बंगलादेश, म्यानमार, मंगोलिया,माल्दिभ्स,श्रीलंका, कम्बोडिया, लावस र पाकिस्तान)लाई १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मोमिटर (सहयाेग) उपलब्ध गराउने घाेषणा भएकाे छ । @Jack Ma
राम्रो आर्थिक अवस्था भएका (देश विदेशमा रहेका सबै) नेपालीहरूमा पनि ‘ज्याक मा’ काे याे कदम प्रेरणादायी बनाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial