म्याद सकिएको बस्तु जलाएर नष्ट गरियो।

समाचार डेस्क/विश्वभर तिव्र रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड १९) को त्रास फैलिरहेका बेला बजारमा खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको कालोबजारीलाई रोक्न अनुगमन थालिएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

छिमेकी देशसँगका सीमानाकाहरु बिस्तारै बन्द हुँदै गएको र यस्तो अवस्थामा बजार हुने गरेका कालोबजारी रोक्न अनुगमन थालिएको हो बजारमा अखाद्य वस्तु र उपभोग्य मिति गुज्रेका खाद्यान्नको बिक्री बढ्ने भएकोले त्यसलाई रोक्न अनुगमन गरिएको काफ्लले बताइन् ।

शुक्रबार क्याम्पा, सरङ्गपाडा, बाँसबारी, सोलमारी, छलफलचोक, ढ्यांग्रे लगायतका भित्रीबजारको अनुगमन गरिएको छ । अनुगमन क्रममा बजारबाट उपभोग्य मिति गुज्रेका कोक, फ्याण्टा, मैदा, दालमोठ, भुजिया लगायतका समग्री भेटिएकोले त्यस्ता समान नष्ट गरिएको अनुगमन समितिका संयोजक तथा ाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial