प्रमले गरे सेमि लक डाउन घोषण।

समाचार डेस्क/ सरकारले नेपालको सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि १८ गतेसम्मका लागि स्थगन गरेको छ । त्यस्तै, भारतसँगको सीमा नाकामा अनिवार्य स्वास्थ्यजाँच र देशैभर चैत १० गतेदेखि लागू हुनेगरी लामो दूरीका सवारी बन्द हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । त्यस्तै, प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि  सरकारी तथा सामुदायिक कार्यालयमा अत्यावश्यकबाहेकका सबै सुविधा बन्द हुने घोषणा गरेका छन् । यस अघि बुधबारै सरकारले शैक्षिक संस्था, सिनेमा हल, डान्स क्लबलगायत भीडभाड हुने स्थल बन्द गर्ने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial