
समाचार डेस्क /मोरङको केराबारी गाउपालिका २ मा एकै परिवारका चार दृष्टिविहिन हरुको उपचार एवं आवासको लागि चलाएको अभियानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल को प्रवास संगठन “संघीय लोकतान्त्रिक सामाजिक मञ्च (सलिसाम) कतारले” आर्थिक सहयोग गरेको छ।
मनमाया राई (आमा) लगायत तीन छोरी सहित गरेर चारजना दृष्टिविहिनहरुको उपचारका लागि सलिसाम कतारले पार्टिका वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ, महासचिव शान्ता योङ्हाङ, सचिव बिष्णु भट्टराइ, मोरङ अध्यक्ष दिलु लिङ्देन, उपाध्यक्ष जीवन खेवा, सचिबालय सदस्य राम कुमारी लिम्बू, प्रवास समिती कतारका केस टीका मिभक, अभियानता समितिका सदस्य शान्ती पाख्रीन लगायतको उपस्थितिमा तेईस हजार (रु.२३०००/-)नेपाली रुपैयाँ पिडितलाई हस्तान्तरण गरेको हो।
अभियान समितिका अनुसार दृष्टिविहिनहरुको उपचार सकारात्मक ढंगले भई रहेको छ भने, आर्थिक स्थिति अति कम्जोर भएका पिडितहरुका लागि घर समेत निर्माण भइ रहेको जनाएका छन् ।